विराटनगर । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसी प्रदेशले पत्रकार लेखन वृद्धि कार्यक्रमतर्फ केन्द्रित रही मन्त्रालयबाट स्वीकृत कार्यक्रमप्रति यस सङ्गठनको कुनै असहमति छैन ।

यस मन्त्रालयले लेखन वृद्धिको लागि छनोट गरिएका पत्रकारको नाम हेर्दा यस मन्त्रालयले कोसी प्रदेशको सबै जिल्ला नसमेटिनु भनेको पत्रकार माथि विभेद गरेको महसुस सङ्गठनले गरेको छ ।

छनोटमा परेका पत्रकारलाई कुन विषयमा लेख्ने भनेर विषयवस्तु निर्धारण गर्न नसक्नु भनेको मन्त्रालयको ठुलो कमजोरी हो ।

लेखन वृद्धिको लागि पत्रकारलाई आह्वान गर्ने तर समन्वयन र सम्पादनको लागि आह्वान नगर्नु र हचुवाको भरमा मन्त्रालयबाट छनोट गरिनुप्रति हाम्रो पूर्ण असहमति रहेको छ ।

जुन सञ्चारमाध्यममा लेखन वृद्धिको समाचार सम्प्रेषण एवम् प्रसारण गर्ने हो ती सञ्चार माध्यमका सम्पादकको क्षमतामाथि प्रश्न चिन्ह खडा गर्ने आधार मन्त्रालयसँग के छ यस विषयमा स्पष्ट पारिनुपर्ने धारणा सङ्गठनको रहेको छ ।

योभन्दा अगाडि पनि लेखन वृद्धिको लागि पत्रकार छनोट गरी जिम्मेवारी दिइयो, पत्रकार साथीले मेहनत गरेर ल्याउनुभयो तर त्यसबाट कोसी प्रदेश सरकारले के के योजना बनायो त ? यस विषयमा स्पष्ट पारिदिन सङ्गठनको जोडदार माग रहेको छ । छनोटमा पर्नुभएका पत्रकारमध्ये कसले कुन विषयमा लेख्ने सो निर्धारण गर्ने जिम्मा मन्त्रालयको रहेको हुँदा प्रक्रियागत त्रुटिलाई सच्याउन सङ्गठन माग गर्दछ ।

मन्त्रालयबाट गरिएको गल्तीलाई हाम्रो सङ्गठन मिडिया नेपाल कहिले पनि स्वीकार नगर्ने र गल्ती गर्दै जाने हो भने सङ्गठन बाध्य भएर कानुनी उपचारको लागि अगाडि बढ्ने कुरा समेत मन्त्रालयलाई जानकारी गराउँछौँ भनी सचिवलाई पत्रमार्फत जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया