विराटनगर । कोसी प्रदेश सभा सचिवालयको हलमा कोसी प्रदेशका सभामुख अमरबहादुर विष्टले राख्नुभएको भेटघाट कार्यक्रममा सभामुखको गुनासो भन्दा सञ्चारकर्मीले लामो गुनासो व्यक्त गरेका थिए । सभामुखबाट प्रदेश सभा सचिवालयबाट भएको कामहरूको विषयमा सञ्चार माध्यममा स्थान पाउन नसकेको गुनासो संसदीय पत्रकार मञ्च कोसीमा आबद्ध २८ जना सदस्य र अन्य केही सञ्चारकर्मी माझ राख्नुभएको थियो । प्रदेश सभाको औचित्य छैन भनेर बाहिर कुरा आइरहेको हुँदा प्रदेश सभाको औचित्य भनेर पुष्टि गर्ने काम पत्रकारको हो भन्नु हुँदै सञ्चारकर्मीसँग हामी नजिक हुन खोजिरहेका छौ प्रदेश सभालाई मिडिया मैत्री बनाउनेतर्फ हाम्रो प्रयास जारी रहन्छ सभामुख विष्टको भनाइ थियो ।

संसदीय पत्रकार मञ्चलाई छुट्टाइएको ८ लाख रुपैयाँ अहिलेसम्म खर्च हुन नसकेकोमा चिन्ता प्रकट गर्दै योजना सहित आउन संसदीय पत्रकार मञ्चलाई सुझाव दिनुभयो ।

उक्त अवसरमा प्रत्यक्ष अप्रत्यक्ष संसदीय पत्रकार मञ्चमा आबद्ध केही सञ्चारकर्मीले कोसी प्रदेश सभा सचिवालयका सचिवलाई घुमाउरो पारमा पत्रकारको विषयमा छुट्टाइएको रकम कसरी निकासा हुन सक्छ सो कागज बनाउने र मिलाउने काम प्रदेश सभा सचिवालय को हो हाम्रो रकम सहज रूपमा निकासा हुनुपर्छ प्रक्रियाको आवश्यक पर्दैन भनेर घुमाउने पारामा गलत काम गर्न सुझाएका थिए ।

कोसी प्रदेश सभा सचिवालयबाट रकम निकासा गर्न कागज पुर्‍याउनुपर्छ हामीले चाहेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत बजेट विनियोजन गराउन सक्छौ भनेर प्रदेश सभा सचिवालय कोशिका सचिवलाई प्रस्ट रूपमा आफ्नो कुरा राख्नुहुँदै चुनौती दिनुभएको थियो ।

सञ्चारकर्मीको लागि रकम लिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय सजिलो छ, कागज पत्र मिलाई दिन्छन् भन्दै हाम्रो लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय ठिक रहेको धारणा केही पत्रकारले राख्नुभएको थियो ।

संसदीय पत्रकार मञ्चमा आबद्ध २८ जना पत्रकार मात्र संसद्को विषयमा लेख्न सक्छन् अरूले लेख्न सक्दैन भन्नुहुँदै संसदीय पत्रकार मञ्चलाई भुक्तानी दिने कुरामा दुःख दिन नहुने तर्क राखेका थिए भने कोसी प्रदेश सभा सचिवालयका समाचार किन आउन उसले गरेको राम्रो कामको कुरा बाहिर किन आएन यस विषयमा सभामुखले अनुसन्धान गर्नुपर्ने हुन्छ भन्दै सीमित पत्रकारको घेरामा परेको कारण समाचार नआएको हो कि घेराबाट बाहिर निस्केर अन्य पत्रकार पनि छन् भनेर सुझाव दिने काम पनि भएको थियो ।

साथै संसदीय पत्रकार मञ्च एवम् सोसँग आबद्ध पत्रकारलाई कोसी प्रदेशका सभामुख सरह जिल्ला बाहिर जाँदा दिइने टिए. डि.ए. २ हजार दिनुपर्ने माग राखेकोमा कोसी प्रदेश सभा सचिवालयका सचिव सभामुखलाई त २ हजार टिए डिए दिइन्छ, सभामुख सरह दिन नसकिने बताउँदै अधिकृत सरह १६ सय दिने विषय आन्तरिक छलफल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया