विराटनगर । विराटनगर-११ मा रहेको पारस अस्पतालमा भर्ना भई उपचार गराएका बिरामीमध्ये ११ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये केही अस्पतालकै लापरबाहीले मृत्यु भएको हुनसक्ने आकलन गर्न थालिएको छ ।

पारस अस्पतालले वैशाखसम्म १०३२ जना बिरामीहरूलाई भर्ना गरेकोमा कम्तीमा १०२ जना बिरामीलाई शतप्रतिशत निःशुल्क उपचार गर्नुपर्नेमा कस-कसलाई उपचार गरेको छ सो विषयमा सरोकारवाला निकायले ध्यान दिएको पाइँदैन ।

उक्त अस्पतालमा ओपीडी तर्फ २००० जना र आकस्मिक सेवातर्फ २५५६ जना बिरामीलाई अस्पतालले सेवा दिएको कुरा DHIS2 अनुसार जानकारी गरिएको छ भने अप्रेसन १००० जनाको गरेको कुरा पारस अस्पताल निकट सूत्रले बताएको छ ।

अस्पतालमा भर्ना भई उपचार गर्न आएकामध्ये पूर्ण छुट ११ लाख, आंशिक छुट १० लाख गरी २१ लाख गरेको भए पि कुन कुन बिरामीलाई छुट गरेको सो सम्बन्धी निकायलाई जानकारी गराएको छैन ।

पारस अस्पतालका सञ्चालक सदस्य हेमनारायण मेहतासँग अस्पतालले कुन कुन बिरामीलाई निःशुल्क उपचार गरेको भनी जिज्ञासा राख्दा सो कुरा बताउन चाहनु भएन । यसलाई हेर्दा अस्पतालबाट स्वास्थ्यमा निकै लुट मच्चाएको आशङ्का गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया