भारतबाट अवैध तरिकाले सामान ल्याउँदा सहजीकरण गर्ने काम सशस्त्र प्रहरी बल नेपाल गुल्म रानीले गर्दै आएको छ ।
सहजीकरण गर्दा आफू विवादमा नआइयोस् भनेर बेलुका ६ बजेदेखि अनुकूल हेरी बिहान ८ बजेसम्म समय परीक्षण काल निर्धारण गरिएको कुराले व्यापकता पाएको छ ।
बिहान १० बजेदेखि ६ बजे साँझसम्म सशस्त्र प्रहरी बल नेपाल टंकीसिनवारी मोरङको टोलीले मूल नाका (जोगबनी-विराटनगर) बसेर कडा निगरानी राख्दै अवैध तरिकाले भन्सार छलेर सामान नेपाल भित्र्याउनेलाई निरुत्साहित गरे पनि अन्य समयमा अवैध तरिकाले भन्सार छलेर सामान ल्याउनेहरू उत्साहित हुँदै आएका छन् ।
सीमा क्षेत्रमा खोलिएका पसल होटेलमध्ये अधिकांशको पछाडिपट्टि भारततर्फको ढोका खुला राखिने गरेको र सोही बाटोबाट पसलमा पसेर सामान सवारीसाधनमा हाली नेपालतर्फ ल्याउने काम भइरहेको छ ।
चाइना मार्केट, हुलासचोक, जुटमिलको दक्षिण गेटमा सशस्त्र प्रहरी बल नेपाल रानी विराटनगरको टोली खटिएका छन् । सामान निस्कने बेलामा त्यहाँ खटिएका टोलीलाई तिर्खा लाग्ने, दिसा पिसाब लाग्ने गरेको पाइन्छ ।
शनिवार भारतीय एस.एस.पी.को महिला प्रहरीलाई कारोबार गर्ने कारोबारीले हातपात गरेका छन् । चाइना मार्केटमा रहेको पच्छिमको पसलको पछाडिबाट सामान छिराउन खोज्दा उक्त भारतीय महिला जवानले रोकेपछि उक्त महिला जवानलाई हातपात गर्नुका साथै अभद्र व्यवहारसमेत गरिएको थियो ।
यो घटनालाई हेर्दा भारत पक्षबाट सहजीकरण नगरेको कारण यो घटना घटेको हो, नेपालतर्फबाट पूरा सहजीकरण गरिएको हुँदा यसको फाइदा उठाउन खोज्दा उक्त घटना घटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल टंकिसिनवारी मोरङका गणपतिबाट गलत कार्य नगर्न बारम्बार निर्देशन दिए पनि उक्त निर्देशनको पालना १० देखि ६ बजेको टोलीले मात्र गर्ने गरेका छन् ।
सामान आउनु ठुलो कुरा होइन अवैध तरिकाले नेपाल भित्रिएको सामान के हो सो ठुलो कुरा हो १० बजेदेखि ६ बजेसम्म कार्यरत क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी बल नेपालका व्यक्तिले दबाबको सामना गर्नुपरेको छ ।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल टंकीसिनवारीबाट दबाब आउँदैन पक्रेर राखेको सामान छोडिदिन भनेर ।
सशस्त्र प्रहरी बल नेपाल टङ्की मोरङको मातहतमा रहेको केही अन्य युनिटबाट दबाब आउने गरेको छ । यसतर्फ सशस्त्र प्रहरी बल नेपाल मोरङका गुल्मपतिको ध्यान दिनु जरुरी छ ।
जोगबनीबाट प्रदेश २-०४/००१प२६११ नम्बरको मोटरसाइकल प्रयोग गरी सामान ल्याउने मोटरसाइकलप्रति निगरानी राखेपछि उक्त मोटरसाइकल प्रयोगकर्ताले अर्को मोटरसाइकल प्रयोग गरेका छन् ।
आइतबार निजलाई नियन्त्रणमा लिन मोटरसाइकल सञ्चालकलाई रोक्न खोज्दा सशस्त्र प्रहरी बल नेपाललाई छक्क्याउँदै सामान लिएर विराटनगरतर्फ आएका थिए ।