विराटनगर । खुला सिमानाको कारण नेपालबाट भारततर्फ लगिने गाँजाको तस्कर गर्ने समूह सक्रिय रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. नोचाले नेपालबाट भारततर्फ लगिरहेको ठुलो परिणामको गाँजा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. नोचाका सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिगएको गस्ती टोलीले को१ह ४०१४ नम्बरको ट्याम्पोमा गाँजा लिएर भारततर्फ जान लाग्दा नोचाकै कृषि चोक नजिक उक्त ट्याम्पो जाँच गर्दा १२० के.जी. गाँजा बरामद भएको छ ।
ट्याम्पोमा गाँजा लाने व्यक्ति धनकुटा निवासी दिनेश राईलाई समेत नियन्त्रण लिएको थियो । नियन्त्रणमा लिएको व्यक्ति गाँजा र ट्याम्पो आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रङ्गेलीमा बुझाएको छ ।
यसरी गाँजाको तस्करी कार्यलाई निरुत्साहित पार्ने अभियानमा सशस्त्र प्रहरी बल नेपालले सक्रियता देखाएको छ ।