विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की पछिल्लो मुलुक अब टाट पल्टिने अवस्थामा पुगेको उद्घोष गर्न थाल्नुभएको छ ।
देशका युवाहरू क्रमशः विदेश पलायन भइरहेका छन् । सङ्घीय सरकारबाट प्रदेशलाई आउने रकम आउँदैन हाम्रो आन्तरिक बजेट छैन हामीले विकासको नाममा अनावश्यक स्थानमा खर्च गरिरहेका छौँ कहाँ बाटो आवश्यक छ, कहाँ पुल आवश्यक छ, कहाँ के आवश्यक छ सो नहेरीकन खर्च गरिरहेका छौँ भन्नुहुँदै सरसर्ती हेर्दा विकास भएको देखिए पनि उक्त स्थान भत्केमा मर्मत गर्न सक्दैनौँ कार्कीले भन्नुभयो ।
कोसी प्रदेशकै अवस्था हेर्दा ५०/५० मिटरमा पुल बनाएका छौँ, जहाँ जनसङ्ख्या कम छ बस्ती कम छ त्यहाँ पुल बनाएका छौँ, पुलमा खर्च गरेका छौँ । उहाँको तर्क थियो तर उहाँहरू जस्तै सभासद्ले उक्त स्थानमा रकम विनियोजन गर्न दबाब दिई बजेट छुटाएको हुँदा सो हविगत आएको कुरालाई कार्कीले आत्मसात् गर्न सक्नुभएको छैन ।
उहाँले निर्माण व्यवसायी सङ्घ मोरङको २७औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दा सो भनाइ राख्नुभएको हो । अधिकांश निर्माण व्यवसायीहरूले कोसी प्रदेशका सभासद्हरूलाई आफ्नो काम, कर्तव्य के हो थाहा छैन ।
जनतामा मत माग्दा बाटो बनाइदिन्छु, पुल बनाइदिन्छु, बिजुली ल्याइदिन्छु जस्ता लगायतका भ्रमपूर्ण कुराहरू गर्ने गरेका छन् । जनताले पनि तिनीहरूलाई पत्याउँछन् । त्यही भएर मुलुक आर्थिक रूपमा कमजोर भएको तर्क राख्नुभएको थियो ।
सरकारले सबभन्दा कमविलोमा ठेक्का लिने ठेक्का दिने नीति ल्याएको छ जुन उपयुक्त छैन । कम्तीमा १५% भन्दा बढी बिलोमा ठेक्का हाल्न नपाउने नीति बनाएमा देशमा आर्थिक रूपमा सबल हुने दाबी निर्माण व्यवसायीको थियो, हामीबाट पनि गल्ती भएको छ । सरकारले पनि गल्ती गरेको छ । कोसी प्रदेश सरकारले समाधान गर्न सक्ने काम गर्नुपर्ने तर्क समेत राख्नुभएको छ ।
यसरी तर्क राख्ने निर्माण व्यवसायी सङ्घ मोरङ अध्यक्ष महेशकुमार मिश्र, निर्माण व्यवसायीहरू ध्रुवराज कार्की, विष्णु लामिछाने, गोपाल कार्की, रोशन दाहाल लगायत हुनुहुन्थ्यो ।
निर्माण व्यवसायीको भनाइ आत्मसात् गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो कोसी प्रदेश सरकारले पूर्णता पाएपछि निर्माण व्यवसायीको मागलाई सम्बोधन गर्न आफू लाग्ने बताउनुभयो ।