विराटनगर । सशस्त्र प्रहरी बल नेपालको टोलीले पछिल्लो समय विराटनगर रानीस्थित चाइना मार्केट र हुलासचोक क्षेत्रमा निगरानी बढाउन थालेको छ ।

उक्त क्षेत्रबाट हुने अवैध तरिकाले सामान-ओसार भई रहेको कुरालाई ध्यानमा राखी निगरानी बढाएपछि बेलाबखत उक्त क्षेत्रबाट सामान नियन्त्रणमा लिने काम भइरहेको छ ।

२०८१ साल भदौ महिनामा मात्र ६५ लाख बराबरको सामान सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेक्का कंकालिनी मोरङ, टङ्की सिनवारीको मातहतमा रहेको गुल्म र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्टले सामान नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाउने काम गरेको छ ।

भदौ महिनामा सशस्त्र प्रहरी बल नेपाल रानी गुल्म विराटनगरले ३० लाख बराबरको सामान विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ ।

६५ लाखमध्ये ३० लाख विराटनगर रानी सशस्त्र प्रहरी नेपाल गुल्मले बुझाएको छ भने अन्य मूल्य बराबरको सामान मोरङको अन्य पोस्ट मा रहेको सशस्त्र प्रहरी बल नेपालको टोली बुझाएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३ हेक्का कंकालिनी गण टङ्कीसिनवारी मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक विश्वबन्धु खड्काले बताउनुभयो ।

यसरी बरामद गरिएको सामान विराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

यसरी बुझाइएको सामानमध्ये कपडा, मोटर पार्टसका सामान, खाद्यान्न लगायत रहेको छ । सशस्त्र प्रहरी बल नेपालको मातहत रही विराटनगर रानी भन्सार क्षेत्र, मटेरुवा नाका, दरैया नाका, हुलासचोक, स्लामापुर लगायत क्षेत्रबाट अवैध तरिकाले भन्सार छलेर व्यापारिक प्रयोजनका सामानहरू ओसारपसार भइरहेको छ ।

यो मेरो मानिस हो, सामान समाउनु भएन भनी इसारा गर्दै सामान ओसार पसार गर्नेलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा केही राजनीतिकर्मी, सञ्चारकर्मीले सहयोग गरिएको कुराले व्यापकता पाएको छ । त्यहाँ कार्यरत टोलीले दबाब र प्रभावलाई सामान गर्दै काम गरे पनि उक्त दबाब र प्रभावबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन । यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।

तपाईको प्रतिक्रिया