विराटनगर । खुला सिमानाको कारण अवैध तरिकाले अवैध बाटोबाट सामान-ओसार पसार गर्ने कार्यलाई निरुत्साहित पार्नेतर्फ सशस्त्र प्रहरी बल नेपालले खेल्नुपर्ने भूमिका प्राविधिक कारणले गर्दा निर्वाह गर्न सकेको छैन ।

राजनीतिक दबाबका साथै केही सञ्चारकर्मीहरूले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा तस्करीमा संलग्न भएको कारणले गर्दा उनीहरूको दबाबमा परेर सहजीकरण गर्ने काम सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीको टोलीले गर्दै आएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण टङ्किसिनवारी मोरङको सशस्त्र प्रहरी प्रमुखको निर्देशन अनुसार तस्करी कार्यलाई निरुत्साहित गर्नेतर्फ सशस्त्र प्रहरीको टोली लागेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण टङ्किसिनवारी मोरङको मातहतमा रहेको युनिटले फागुन महिनामा ७३ लाख ३ हजार ७४ रुपैयाँ, चैत महिनामा ५३ लाख ९२ हजार ९६१ रुपैयाँ, वैशाख महिनामा ४४ लाख ९३ हजार रुपैयाँ गरी जम्मा १ करोड ८० लाख ४० हजार मूल्य बराबरको सामान पक्राउ गरी नियन्त्रणमा लिई विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको थियो ।

आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा ६ करोड २७ लाख ३४ हजारभन्दा बढीको सामान नियन्त्रणमा नियमनकारी निकायमा बुझाएको थियो ।

तपाईको प्रतिक्रिया