विराटनगर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म रानीले चोरी पैठारी कार्यलाई निरुत्साहित गर्नेतर्फ सक्रियता देखाउँदै आएको छ ।
सशस्त्र प्रहरी बल नेपालको टोलीले निगरानी बढाएपछि तस्करी गर्ने समूह वा व्यक्तिले नयाँ बाटो अवलम्बन गर्दै आएको पुष्टि भएको छ ।
निगरानी बढाएपछि सिटी सवारीमाथि शङ्का लागि चेकजाँच गर्दा सिटी सवारीको सिटमुनि लुकाई छिपाई ल्याएको कपडा बरामद गरेको छ । ज्येष्ठको दोस्रो साता हनुमान मन्दिर मलाया रोड नजिकबाट प्र. १-०२-००३ ह ४९५३ को सिटीसहित उक्त सिटीमा लुकाई ल्याएको कपडा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको कपडा र सिटीसहित आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ ।
यसरी बुझाइएको सवारी साधन र कपडा ३ लाख ७१ हजार मूल्य बराबरको रहेको छ ।