विराटनगर । खुला सिमानाको कारण हुने चोरी पैठारी न्यूनीकरण गर्नेतर्फ सशस्त्र प्रहरी बल नेपालले मोरङमा आफ्नो सक्रियता बढाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल टङ्की सिनवारी मोरङको मातहतमा रहेका सशस्त्र प्रहरी बल नेपालले नेपाल-भारत सीमा क्षेत्रको निगरानी राख्ने अग्र भागमा रहँदै चोरी पैठारी गर्ने समूह-व्यक्तिलाई निरुत्साहित पार्ने काम गर्दै आएको छ ।

मोरङमा अग्र भाग रहेको सशस्त्र प्रहरी बल नेपालले जेठ महिनामा मात्र ४८ लाख १८ हजार मूल्य बराबरको चोरी पैठारी गरी ल्याइएको सामान र सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको थियो ।

यसरी बुझाइएको सामान र सवारीमध्ये धेरै सामान सशस्त्र प्रहरी बल नेपालका रानी गुल्मले बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल रानी गुल्मका स.प्रहरी ना.उ. विकास खतिवडाले कमान्ड समालेपछि जेठ महिनामा ३२ लाख मूल्य बराबरको सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया