विराटनगर । देशमा धेरै राजनीतिक दलहरू छन् । सोही दलभित्र एक दल राप्रपा हो तर राप्रपा अलगै विचार बोकेको दल हो । राप्रपा देश र धर्म जोगाउने दल हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवम् माननीय राजेन्द्रप्रसाद लिङदेनले राप्रपा महानगरपालिका विराटनगर नगर समितिको घोषणा सभालाई सम्बोधन गर्दै सो कुरा भन्नुभएको हो ।

नेपालमा जति पनि राजनीति परिवर्तन भए उक्त परिवर्तन आन्दोलनबाटै भएको हो । २०४६ सालपछि केही महिना राजा ज्ञानेन्द्रबाट शासन गर्नुभएको थियो । अरू समय दलका नेताले शासन गरेका थिए भन्नुहुँदै अहिले जुन अवस्थाको सिर्जना भइरहेको छ यो हुनुमा दलका नेता दोषी छन्, उनीहरूले देशलाई बन्धक बनाएका छन् भन्नुभयो ।

देश अहिलेको बिचौलियाको हातमा छ । राजनीतिक नेता, कर्मचारी र न्यायालय अघोषित रूपमा बिचौलियाको हातमा छ । यसले गर्दा मुलुक बरबाद भएको छ लिङदेनले भन्नुभयो ।

उक्त अवसरमा विराटनगर महानगरपालिकाको १९ वटै वार्डका पार्टीका वडा अध्यक्ष, राप्रपा विराटनगर महानगरपालिका कार्यसमितिका निर्वाचित पदाधिकारी, मोरङका विभिन्न नगरपालिका, गाउँपालिकाका निर्वाचित अध्यक्षहरू पद तथा गोपनीयताको शपथ खुवाउँदै टीका लगाइदिएर स्वागत गर्नुभएको थियो ।

उक्त अवसरमा राप्रपाको नेता एवम् पत्रकार अशोक पौड्यालद्वारा लिखित पत्रकारितामा जीवनको तीन दशक नायक सङ्कलित पुस्तकको राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले विमोचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया