विराटनगर । नेपालकै अन्तर्राष्ट्रिय नाका विराटनगर रानी-जोगबनी क्षेत्रमा बेला बखत स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बिच विवाद हुने गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको मातहतमा रहेको सशस्त्र प्रहरीको टोली र स्थानीय व्यक्तिबिच समानकै विषयलाई लिएर विवाद हुँदा, तानातान हुँदा झडप हुने अवस्थाको सिर्जना भई झडप समेत हुने गरेको छ ।
शुक्रवार पनि झडप भएको छ । जोगबनीबाट सामान ल्याउँदा सामान ल्याउने व्यक्तिको सामान हेर्ने क्रममा सामान ल्याउने व्यक्ति र सशस्त्र प्रहरीबिच तानातान हुँदा जुन विवाद खडा भयो सशस्त्र प्रहरीभन्दा स्थानीयको होहल्ला धेरै भए पनि उक्त होहल्ला र भीडलाई नियन्त्रण गर्नेतर्फ त्यहाँ खटिएको नेपाल प्रहरीको टोली मूकदर्शक भएर बस्नुलाई दुई सुरक्षा निकाय बिच आपसी मनमोटाव भएको सङ्केत मिलेको छ ।
मूल गेट जोगबनीबाट सामान ल्याउने र विराटनगर, धरान, इटहरी लगायत पूर्वतर्फ पुर्याउने समूह वा व्यक्तिहरूले विगतको तुलनामा भन्दा कम कारोबार गर्दै आएका छन् । हुनतः जोगबनीबाट अधिकांश सामान नेपाल ल्याउँदा परीक्षण गर्नुपर्छ तर घरायसी प्रयोजनको नाममा सशस्त्र प्रहरी सामान्य रूपमा आँखा चिम्लेपछि सोही नाममा १० प्रतिशत सामान ओसारपसार हुने गरेको छ ।
तर पैसा दिने व्यापारीको सामान नसमाउने, पैसा नदिनेको सामान समाउने भनेर स्थानीय बासिन्दाले भन्दै आएका छन् । यसलाई आधार मान्दा सामान ओसारपसार गर्ने काम पूर्ण रूपमा रोकिएको भन्न सकिँदैन ।
अहिले पनि सशस्त्र प्रहरी होस् वा नेपाल प्रहरी होस् सामान समाएर पछि केही राजनीतिक दलका नेता र केही आफूलाई सञ्चारकर्मी बताउनेले सामान छोडिदिन अघोषित रूपमा दबाब दिने गरेका छन् ।
सशस्त्र प्रहरीले सामान समाएपछि यो मेरो मानिसको सामान हो भनेर छोडिदिन दबाब दिने र कारोबारीलाई बोकेर लगेर सशस्त्र प्रहरीलाई भन्ने गरेका छन् ।
यहाँ सुरक्षा निकाय बिच आपसी समन्वय हुन जरुरी छ ।
मूल नाकाबाट सामान ओसारपसार गर्ने कार्यमा कमी आए पनि दरैया, मटेरुवा, स्लामापुर, हुलासचोक, चाइना मार्केट, चर्चित भत्केको दिवालबाट सामान ओसारपसार भइरहेको छ ।
सामान ओसारपसार गर्ने समूहले पहिला फिल्डमा खटिएको सुरक्षा निकायको टोलीलाई सम्पर्क गर्ने, उसले हरियो झन्डा देखाएपछि सामान निकाल्ने काम भइरहेको छ ।
विराटनगर दरैया उखुबारीमा राति ११ बजेदेखि बिहान चार बजेको बिचमा सामान ओसारपसार गर्ने काम भइरहेको छ ।
यस विषयमा सशस्त्र प्रहरी बल नेपाल वी.ओ.पी. दरैयाका सशस्त्र प्रहरी निरीक्षकसँग जिज्ञासा राख्दा उखुबारीबाट सामान निकालिन्छ भन्ने कुरा आफूलाई जानकारी प्राप्त भएको कुरालाई स्वीकार गर्दै आफूले निगरानी राख्दा फेला पार्न नसकेको बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल खोक्सा मोरङका सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी निरीक्षकले स्लामापुरबाट सामान ओसारपसार हुने कुरालाई स्वीकार गर्नुभएको छ । यसलाई हेर्दा जोगबनी प्रवेश गर्ने मूल नाकामा कढाइ गरेर अन्य क्षेत्रबाट सामान ओसारपसार गर्ने गरी सहयोग गर्ने काम सुरक्षा निकायबाट भइरहेको त छैन यो प्रश्नले सर्वत्र चर्चा पाउन थालेको छ ।
हुनतः मुख्य नाकामा सशस्त्र प्रहरीको ध्यान जान सकेको छैन । सरकारी गाडीको व्यापक दुरुपयोग हुने गरेको छ । जुन क्षेत्रमा नेपाली नम्बर प्लेटको सवारी साधन राख्न पाइँदैन तर सोही स्थानमा नेपाली नम्बर प्लेटको सवारी साधन राख्न जोगबनी जाने सामान ल्याउने गाडीमा हाल्ने र विराटनगरतर्फ ल्याउने काम हुने गरेको छ ।
तर सरकारी गाडी र अन्य निजी गाडीतर्फ सशस्त्र प्रहरीले ध्यान दिएको पाइँदैन । सरकारी गाडी मे१झ१३२ मा जोगबनीबाट सामान ल्याई गाडीमा हालिन्छ । उक्त सामान ल्याउने सरकारी गाडीको प्रयोग बिना गरिन्छ । निजी प्रयोजनको लागि यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।