सुनसरी । सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्का सुनसरीको मातहतमा रहेको सशस्त्र प्रहरीको गुल्म वोडर आउट पोस्टले लागु औषध नियन्त्रण र अन्य तस्करीको कार्यलाई नियन्त्रण गर्नेतर्फ सक्रियता देखाउँदै आएको छ ।

पछिल्लो समय सामान ओसारपसार गर्ने समूह वा व्यक्तिले सुनसरीलाई आफ्नो क्रीडा स्थलको रूपमा लिँदै सोही बाटोबाट आफ्नो कार्य सञ्चालन गर्दै आएको छ ।

उक्त ४ नं. हेक्काको मातहतमा भारत नेपाल सीमामा खटिएको केही टोली प्रमुख आर्थिक लोभमा फसेको आरोप समेत लाग्दै आएको छ । उक्त आरोपलाई कसरी निराकरण गर्ने हो लागेको आरोप सही हो वा होइन भनेर कसरी मापन गर्ने यसतर्फ सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्का सुनसरीका प्रमुखले ध्यान दिनुभएको छ ।

भारतबाट माछा ल्याई नेपालमा बिक्री गरिन्छ । सोही बाटोबाट माछा ल्याएको गाडीलाई रोकेर बुझ्ने प्रयास सशस्त्र प्रहरी बल नेपालको उक्त क्षेत्रमा कार्यरत टोलीले गरेको पाइँदैन । माछा भारतबाट ल्याएको होला भनेर सङ्केत गर्दा नेपालको माछा हो भनेर जवाफ दिने गरेको पाइन्छ । यसतर्फ नियमनकारी निकायको ध्यान जानु जरुरी छ ।

आर्थिक वर्ष २०८१/०८२ मा सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण हेक्का सुनसरी र सोको मातहतमा रहेको युनिटले ६ करोड ९० लाख ३ सय ९९ मूल्य बराबरको चोरी पैठारी गरी ल्याइएको सामान भन्सार कार्यालय कोसी ब्यारेज सुनसरीमा बुझाएको छ ।

यसरी बुझाएको सामानमध्ये कपडा, खाद्यान्न लगायत मोटरसाइकल, कार, अटो, ट्रक, स्कापियो, बोलरो लगायत रहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्का सुनसरी एवम् सो अन्तर्गतको युनिटले ठुलो परिणाममा लागु औषध समेत बरामद गरेको कुरा सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्का सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले बताउनुभयो ।

१ वर्षमा ६७०६ के.जी. गाँजा, ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ११२.९७ ग्राम, नाइट्रोजन ट्याब्लेट १० पत्ता समेत बरामद गरेको थियो । सोही अवधिमा लागूपदार्थमा मानिने स्पास्मो प्रोक्सभन ट्यावलेट, नाइट्रोजन ट्याब्लेट, पेरागन एक्पुल, सेता पदार्थ जस्तो देखिने सेतो पदार्थ लगायत अन्य रहेको छ ।
१ वर्षमा गरेको कामको पूर्ण विवरणः

तपाईको प्रतिक्रिया