विराटनगर । सङ्घीय सरकारले बलिया नेताको इच्छाअनुसार योजनाहरू तर्जुमा गरी योजनातर्फ रकम विनियोजन गर्ने काम तीव्र गतिमा भइरहेको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरले १६० वटा विभिन्न शीर्षक अनुसारको कार्यक्रमहरू निर्धारित समयमा सम्पन्न गर्न सकेको छैन ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरले खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत ७३ वटा योजनामा लगानी गरी काम गरे पनि उक्त कार्यक्रम अन्तर्गत पर्ने कुनै कार्यहरू आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गर्न सकेको छैन ।

उक्त कार्यक्रमको लागि ११ करोड २४ लाख ५० हजार बजेट विनियोजन गरिएकोमा ९ करोड १३ लाख २० हजार ४६४ रुपैयाँ खर्च भएको छ । ढल निर्माण तथा प्रशोधन कार्यक्रमतर्फ ११ वटा कार्यक्रम रहेकोमा उक्त कार्यक्रमको लागि २०८१/२०८२ मा १० करोड ५० लाख बजेट विनियोजन गरिएकोमा ८ करोड ४६ लाख २७ हजार ५७२ रुपैयाँ खर्च भएको छ । जलवायु अनुकूलित वृहत् खानेपानी कार्यक्रमतर्फ ४ वटा कार्यक्रम रहेकोमा २२ करोड ४२ लाख रकम विनियोजन गरेकोमा २१ करोड ६९ लाख रकम विनियोजन गरेकोमा २१ करोड ६९ लाल ८७ हजार ३०५ रुपैयाँ खर्च भएको छ । खानेपानी तथा सरसफाइ सह लगानी कार्यक्रमतर्फ २७ योजना रहेकोमा उक्त योजनाको लागि २९ करोड ७६ लाख २५ हजार रकम विनियोजन भएकोमा २९ करोड ६२ लाख ६७ हजार २०२ रुपैयाँ खर्च गरिएको छ ।

यो योजना अन्तर्गत उर्लाबारी बृहत् सह लगानी आयोजना र मेचीनगर सह लगानी खानेपानी आयोजना सम्पन्न भएको छ । यसबाट ५७४१ घरधुरी परिवार लाभान्वित भएका छन् ।

खानेपानी तथा गुणस्तर सुधार कार्यक्रमतर्फ १४ वटा योजना रहेकोमा तरहरा खानेपानी आयोजना सम्पन्न भएको छ । यो योजना सम्पन्न भएपछि १४८० घरधुरीले फाइदा लिएका छन् । १४ वटा योजनाको लागि आ.व. २०८१/२०८२ मा ३९ करोड १० लाख बजेट विनियोजन गरेकोमा ३२ करोड २६ हजार १४४ रुपैयाँ खर्च भएको कुरा कार्यालयका सूचना अधिकारी विकास गौतमले बताउनुभयो । केन्द्रीय खानेपानी आयोजना कार्यक्रम अन्तर्गत ३२ योजना रहेकोमा आर्थिक वर्ष २०८१/२०८२ मा बेलडाँगी खानेपानी आयोजना दमक २, ३, ४ झापा सम्पन्न भएको छ । यसबाट ६५२१ घरधुरीले फाइदा लिएका छन् ।

यो ३२ योजनाको लागि ३७ करोड ५९ लाख ९८ हजार बजेट विनियोजन भएकोमा ३५ करोड २४ लाख ४१ हजार ७७० रुपैयाँ खर्च भएको सूचना अधिकारी विकाश गौतमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया