विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगर राजस्व सङ्कलनतर्फ निकै सफलता हासिल गरेको छ ।
व्यापार घाटा, आर्थिक मन्दीको चपेटामा परेका उद्योगी व्यवसायीलाई हौसला दिँदै सोचेभन्दा बढी राजस्व उठाएको छ ।
मोरङ जिल्लामा रहेको ३ वटा मदिरा उद्योगमध्ये विगत धेरै वर्षदेखि तेस्रो स्थानमा रहँदै आएको उद्योग गोल्डेन ग्लोब लिकर्स प्रा.लि.ले आर्थिक वर्ष २०८१/०८२ मा २२ करोड ६२ लाख राजस्व बुझाएको छ भने पहिलो स्थानलाई निरन्तरता दिँदै नेपाल लिकर्श प्रा.लि. टङ्कीसिनवारी मोरङले १ अर्ब ७० करोड राजस्व बुझाएको छ भने चण्डिका डिस्टिलरी दर्वेसा मोरङले १८ करोड ५३ लाख राजस्व बुझाएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले आ.व. २०८१ मा ७ अर्ब ३२ करोड राजस्व उठाएकोमा आ.व. २०८१/०८२ मा ८ अर्ब ८८ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
आ.व. २०८०/०८१ मा आयकरतर्फ २ अर्ब ८८ करोड, मु.अ.करतर्फ २ अर्ब ४२ करोड, अन्तःशुल्कतर्फ २ अर्ब ७२ करोड, ब्याज करतर्फ २२ करोड ४६ लाख, बहाल करतर्फ ८ करोड ४८ लाख राजस्व उठाइएको थियो ।
आ.व. २०८१/०८२ मा आयकरतर्फ ३ अर्ब ११ करोड, मु.अ.करतर्फ १ अर्ब २८ करोड, अन्तःशुल्कतर्फ ३ अर्ब ८ करोड, ब्याज करतर्फ ३१ करोड ६८ लाख र बहाल करतर्फ ९ करोड ६४ लाख राजस्व उठाउने काम आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भएको कुरा कार्यालयका सूचना अधिकृत नवराज भट्टराईले बताउनुभयो ।
यसलाई हेर्दा आन्तरिक राजस्व कार्यालय विराटनगरको टिमकै सक्रियताको कारणले गर्दा राजस्वतर्फ सकारात्मक सूचक देखा परेको हो ।