विराटनगर । नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनले दलितमाथि हुने विभेदको अन्त गर्ने र दलितको जीवनस्तर उकास्ने काम अहिले पनि हुन सकेको छैन ।

दलित महिला सङ्घ (FEDO) को ३१औँ वार्षिक उत्सवको अवस्थामा आयोजित ‘जात व्यवस्था, दलित समुदाय र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा दलित अगुवाको उक्त भनाइ रहेको हो । उक्त संस्थाले मैनबत्ती बालेर बनेको मैनबत्ती समाएर म दलितप्रति विभेद गर्ने छैन कहीँ गरेको देखेमा सहेर बस्ने छैन भनेर सहभागीले आफ्नो प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

दलित महिला सङ्घ फेडो मोरङ संयोजक वरबहादुर आवुजीले इतिहास कालको व्याख्या गर्दै किरात कालमा दलित भन्ने कुरा थिएन । लिच्छवि काल र राणा कालमा दलित माथि भेदभाव हुने गरेको कुरा इतिहासकारले उल्लेख गरेको बताउनुभयो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा उहाँले दलितकै सहयोग लिनुभयो । उहाँले दलितलाई साथ लिएर नेपाल एकीकरण गरे पनि दलितलाई व्यवस्थापन गर्न नसकेको बताउनुभयो ।

पृथ्वीनारायण शाहले ४ जात ३६ वर्णको फूलबारी भएको विचार राखे पनि उहाँले दलितलाई व्यवस्थापन गर्न नसकेको कारण राणा कालमा दलित माथि निकै विभेद हुने गरेको कुरा इतिहासकारले बताएको कुरा बताउनुभयो । राजा महेन्द्रले आफ्नो कार्यकालमा कानुन बनाएर दलितलाई सम्बोधन गर्दै दलितको व्यवस्थापन गर्ने प्रयास भएको कुरा आवुजीले बताउनुभयो ।

राजा महेन्द्रको प्रयासलाई मूर्त रूप दिन राजा वीरेन्द्रबाट प्रयास भएको थियो । उहाँले दलितको समस्या छ भनेर देख्नुभयो तर सम्बोधन गर्न राजा वीरेन्द्रबाट प्रयास भए पनि सम्बोधन गर्न भ्याउनु भएन दलित अगुवाको तर्क थियो ।

माओवादी द्वन्द्व कालमा माओवादीले जातीय विभेदको विषयमा जनचेतना जगाउने काम भयो तर गणतन्त्र आएपछि दलितको समस्याको सम्बोधन हुन सकेन । दलितमाथि हुने जातीय हिंसा विभेद बढेर गएको आवुजीले बताउनुभयो ।

दलित समुदायबाट भइरहेको परम्परागत सिप, संस्कृतिमाथि अहिले आक्रमण भइरहेको छ । दलित समुदायको सिपको प्रयोग दलित समुदायबाट नभईकन अरूबाट भइरहेको हुँदा दलित समुदायबाट आफ्नो परम्परागत सिपलाई व्यवस्थित गर्नु जरुरी छ । यसलाई व्यवस्थित गर्न सकिएन भने दलित समुदाय नै विस्थापित हुने सम्भावना बढेकोमा चिन्ता व्यक्त गर्ने काम समेत भएको थियो ।

दलित महिला सङ्घ (फेडो) मोरङ अध्यक्ष शर्मिला परियारले दलितमाथि राज्यले गरेको विभेदलाई अन्त गर्न र विभेद भएको स्थानबारे जनतालाई सुसूचित गराउनु मिडियाकर्मीलाई आग्रह समेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया