सनातन धर्म सेवा समिति मोरङका अध्यक्ष प्रा. कविराज न्यौपानेको सभापतित्वमा साउन १३ गते बसेको सो समितिको बैठकले २०८१ का लागि भिन्न भिन्न छ पुरस्कारहरूको निर्णय निम्नानुसार गरेको छ।
१.शिवादत्त रमादेवी भट्टराई वैदिक धर्म संस्कृति पुरस्कार : जानेकीश्वर गुरुकुल विद्यालय गौरादह झापालाई
२. किसनलाल रुक्मीणिदेवी राजगढीया धर्म संस्कृति पुरस्कार : वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटार झापालाई,
३.ओम प्रकाश उषादेवी गोयल धर्म संस्कृति पुरस्कार : आध्यात्मिक क्षेत्रको लोकप्रिय पत्रिका ‘गौरी’ मासिक, काठमाडौँलाई
४.आसकरण यशोदादेवी राठी धर्म संस्कृति पुरस्कार : कालिका संस्कृत विद्यापीठ अर्जुनधारा झापालाई
५. गङ्गाविशन राठी स्मृति शिक्षा सनातन धर्म संस्कृति पुरस्कार : रुद्रेश्वर शिवालय विराटनगर ४ लाई
६.बलभद्र रिजाल नारायण विष्णु हिन्दू धर्मसेवा सम्मान पुरस्कार : अरुण आध्यात्मिक केन्द्र भोजपुरलाई
यी सबै पुरस्कारहरू यही साउन २१ गते विराटनगरमा सम्पन्न हुने समितिको वार्षिक साधारण सभामा समर्पण गरिने छ ।