विराटनगर । नेपालमा अहिले निर्यातभन्दा आयातमुखी बन्दै गइरहेको छ ।
यसले नेपालको अर्थतन्त्रमा नराम्रोसँग असर परिरहेको छ । यो किन भयो भनेर सोच्ने र काम गर्ने प्रयास कहीँ कतैबाट हुन सकेको छैन ।
२०४६ सलपछि नेपालको अर्थतन्त्र खस्किँदै गएको छ । २०४६ साल अगाडि नेपालमा सञ्चालित सरकारी एवम् अर्धसरकारी उद्योगहरू जो नाफामा चलेका थिए, जुन उद्योगले रोजगारी सिर्जना गरेको थियो ती उद्योगलाई निजीकरणको नाममा २०४६ सालपछि नेपालमा राजनीति गर्दा आएका राजनीतिक दलका नेता जो सत्तामा पुगे उनीहरूले बेच्ने गरेको कारण नेपाल आर्थिक रूपमा परनिर्भर बन्दै गएको छ ।
२०४६ सालपछि सरकारमा बसेकाले आफ्नो राष्ट्र स्वार्थलाई भन्दा छिमेकी र विदेशीको राष्ट्र स्वार्थ केन्द्रित काम गरिरहेका छन् । यसले गर्दा देशको अर्थतन्त्र माथि नै खतरा आइरहेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा विराटनगर भन्सार कार्यालय एकीकृत जाँच चौकी विराटनगर नाकाबाट भारततर्फ २५ प्रकारका वस्तुहरू निर्यात गरिएको छ भने सोही नाकाबाट १०० भन्दा बढी विभिन्न वस्तुहरू आयात गरिएको छ । यो तथ्याङ्कलाई हेर्दा नेपाल निर्यातभन्दा आयातमुखी बनिरहेको छ ।
२०८१/०८२ मा प्लाइवुड ५९१७९ मेट्रिक टन, तोरी पिना १२१६५ मेट्रिक टन, बन्दा १०२१ मेट्रिक टन, झाडु २६०८ मेट्रिक टन, कत्था ७४८ मेट्रिक टन, अदुवा ४० मेट्रिक टन भारततर्फ निर्यात गरिएको छ ।
तेज पात २५२३ मेट्रिक टन, चिया १२५ मेट्रिक टन, रुद्राक्ष ८१३ मेट्रिक टन, चिउरा ३३ मेट्रिक टन, कोदो पिठो १५ मेट्रिक टन, फापर पिठो १५ मेट्रिक टन निर्यात भएको छ ।
नेपालतर्फ आयात हुने सामग्रीमा बढी खाद्यान्न रहेको छ । धान ४५६९७ मेट्रिक टन, मकै ७०७४९ मेट्रिक टन, चामल १६६७२ मेट्रिक टन, कोदो १६८० मेट्रिक टन, तोरी ५६० मेट्रिक टन, जिरा ४६३ मेट्रिक टन, मरीच १२१ मेट्रिक टन, मुसुरो दाल ७५६४ मेट्रिक टन, सोयाग्रीट २२१८३ मेट्रिक टन, पपकन ५४०९ मेट्रिक टन आयात गरिएको छ ।
मुमफली २५५ मेट्रिक टन, तिल १०२ मेट्रिक टन, मकै कनिका ४१७ मेट्रिक टन, बदाम ३८ मेट्रिक टन, रहर ३५ मेट्रिक टन, चना २८१९ मेट्रिक टन, कच्चा काजु ५४ मेट्रिक टन लगायत छन् । नेपाल आयात हुने खाद्य सामग्रीमध्ये जुन परिणाममा आयात भएको छ । सोही परिणामको सामान अवैध बाटोबाट अवैध तरिकाले नेपालमा आयात भइरहेको छ र पूर्वमा व्यापक रूपमा पाइने गरेको छ ।
करेला, टमाटर, भन्टा, लौका, काँक्रा आदिका बीउ आयात गरिएको छैन तर बजारमा पाइन्छ । कहाँबाट ल्याउँछन् यसतर्फ सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।
आयात गरिएको छैन पूर्वमा अहिले पनि ओखर, हाडेवदाम, किसमिस, मिस्री, पिस्ता, दालचिनी, ल्वाङ, सुकुमेल लगायत निकै सामान आइरहेको छ । यसलाई भारत सीमा क्षेत्रमा रोकिँदैन । किनकि उनीहरूको देशलाई चाहिनेभन्दा बढी सामान उत्पादन भएको कारणले हो । यसतर्फ नेपाल पक्षले अस्वीकार गर्न सक्दैनन् ।
नेपालबाट निर्यात हुन सक्दैन तर उत्पादन भइरहेको छ । मूल नाकाबाट भारत प्रवेशमा भारत सरकारले रोक लगाएको छ तर नेपालमा उत्पादन भइरहेको छ गाँजा, मदिराहरू तर नेपालले भारततर्फ प्रवेश गर्न दिँदैन अवैध भनेर रोकिरहेको छ ।
उक्त वस्तु अवैध हो भने खेती गर्न र उत्पादन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउन पनि सक्दैन । गाँजा र रक्सीलाई भारतले प्रतिबन्ध लगाएको छ । नेपालले ब्राउन सुगर लगायत अन्य लागु पदार्थलाई प्रतिबन्ध लगाएको छ तर भारतले गलत बाटोबाट नेपाल ल्याउँदा रोक्दैन । यसलाई हेर्दा भारतको प्रतिबन्धित वस्तु नेपालले जानबाट रोक्ने भएको हुँदा नेपालले भारतको इच्छाअनुसार काम गरिरहेको प्रस्ट देखिन्छ ।
२०४६ साल अगाडि नेपालले धान, चामल, मकै, गहुँ, जुट, टायर, जुटबाट बनेको वस्तु भारत एवम् तेस्रो मुलुक निर्यात गर्दथ्यो तर २०४६ पछि निर्यात गर्ने वातावरण बनेन । आत्मनिर्भर भन्दा परनिर्भर बन्नेतर्फ नेपाल अग्रसर भएको देखिन्छ ।