
विराटनगर । विराटनगर-७ मा रहेको प्राइम अस्पतालले स्वास्थ्य क्षेत्रमा सक्रियपूर्वक काम गर्दै आएको छ ।
यस अस्पतालले फागुन महिनामा मात्र १०९९ बिरामीले ओपिडीबाट सेवा लिएको बताइन्छ । ओपिडीमा उपचार गर्न आएका बिरामी र आकस्मिक सेवामा उपचार गर्ने बिरामीमध्ये केहीले अस्पतालमा भर्ना भई उपचार सेवा लिएका थिए ।
उक्त अस्पतालमा १६४ जना बिरामी भर्ना भई उपचार गराइरहेकोमा मेजर शल्यक्रिया ४७ जना र माइनर शल्यक्रिया १९ जनाको गरेको कुरा अस्पताल निकट सूत्रले बताएको छ ।
स्वास्थ्य सेवा दने क्रममा प्राइम अस्पताल अगाडि रहेको देखिएको छ ।







