विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेक्वा सुनसरी र सो मातहतका कार्यालयहरूले सीमाको सुरक्षा एवम् अबैध चोरी पैठारी नियन्त्रण गर्ने कामलाई निरन्तरता दिँदै आएका छन् ।

आर्थिक वर्ष २०८२/०८३ को श्रावणदेखि चैतसम्म २ करोड ६७ लाख ५६ हजार ८ सय २२ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरी भन्सार दाखिला गर्नुपर्ने सामान भन्सार दाखिला गर्ने र नष्ट गर्ने सामानहरू नष्ट गर्ने काम गरेको छ ।

उक्त सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेक्वा सुनसरी र सो मातहतका कार्यालयहरूले श्रावण महिनामा ५४ लाख ९२ हजार ७५१ रुपैया, भदौ महिनामा २७ लाख ९६ हजार ९९० रुपैयाँ, असोज महिनामा २९ लाख ८७ हजार २०० रुपैया, कार्तिक महिनामा ३६ लाख ८६ हजार २४९ रुपैया मूल्य बराबरको सामानहरू नियन्त्रणमा लिई भन्सार दाखिला गर्नुपर्ने सामान भन्सार दाखिला र नष्ट गर्नुपर्ने सामानहरू नष्ट गरेको थियो । यसरी नै मङ्सिर महिनामा ७२ लाख ८ हजार ३१७ रुपैयाँ, पौष महिनामा २१ लाख ३७ हजार ३०५ रुपैयाँ, माघ महिनामा ३३ लाख १ हजार ७२८ रुपैयाँ, फागुन महिनामा ६४ लाख ७९ हजार २७५ रुपैयाँ र चैत महिनामा २६ लाख ६८ हजार ७७ रुपैयाँ मूल्य बराबरको सामानमध्ये भन्सार दाखिला गर्नुपर्ने सामान नष्ट गरेको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेक्वा सुनसरीमा सशस्त्र प्रहरी उपरीक्षकले बताउनुभयो ।

खुला सिमानाको कारण र सिमित जनशक्तिलाई परिचालन गर्दै सीमा सुरक्षा र चोरी पैठारी कम गर्ने सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेक्वा सुनसरी र सो मातहतका कार्यालयले गरेको कामलाई सकारात्मक रूपमा लिनुपर्ने कुरा स्थानीय वासिन्दाले बताएका छन् ।

तपाईको प्रतिक्रिया