विराटनगर । संसद् भनेको ऐन कानुन नियम बनाउने थलो हो भन्ने मान्यता रहँदै आएको छ ।

तर नेपालको सन्दर्भमा वाम नेता डा. बाबुराम भट्टराईकै शब्दलाई सापटी लिएर विश्लेषण गर्ने हो भने संसद् खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो हो ।

अहिले संसद्को गतिविधि हेर्दा संसद् हुइया स्यालहरूको आशय स्थल भएको छ । सामाजिक सञ्जालमा लेखेको र बाहिर सञ्चारकर्मीले सोधेको कुरा ठिक हो होइन भनेर आफूले छुट्टाउन सक्दैनन् संसद्का सभामुखले छुटाइदिनुपर्ने भएको छ ।

संसद्‌मा सांसदहरूले म बाँदर हो, के केपी ओलीको झट्केलो छोरो हो भनेर संसद्‌मा जवाफ समेत माग्ने गरेका छन् ।

संसद्‌मा एकले अर्कालाई भुटानी शरणार्थी काण्डका नाइके, सुन तस्कर, ओमनी काण्ड, बालुवाटार काण्ड, गिरिबन्धु काण्ड, भाटभटेनी काण्ड, सहकारी काण्डका मतियार भनेर नेतालाई आरोप लगाउने गरिन्छ र जवाफ मागिन्छ । यसलाई हेर्दा संसद् भनेको स्याल हुइया कराउने, पानी पर्दा भ्यागुतो कराउँछ त्यसरी कराउने वस्तुको थलो बनेको छ ।

केन्द्रमा सरकार जसरी बन्दछ दलका नेता जुन तालमा नाच्दछन् प्रदेशका सांसद त्यही तालमा नाचिरहेका छन् ।

हुन पनि हो उहाँहरूले मागेको जवाफ सभामुखले दिए पनि विश्वास गर्दैनन् । छिमेकी मुलुकका जिम्मेवार व्यक्तिले भन्दिनुपर्छ यसलाई हेर्दा वर्तमान संसद् स्वविवेकहीन व्यक्तिको कुरा काट्ने थलो हो भन्दा अन्यथा नहोला ।

हामीलाई थाहा छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएर नेपालको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपाल परापूर्व कालदेखि नै स्वतन्त्र राष्ट्र था, राष्ट्र है भनेर भाषण गर्दा ताली पिट्ने सभासद्हरूमध्ये अधिकांश जिउँदै हुनुहुन्छ । हिन्दु धर्म होइन भनेर भाषण गर्ने प्रधानमन्त्री केपी शर्मा ओली रक्षाबन्धनमा राखी बाँध्नुहुन्छ ।

हिन्दु धर्म रास्वपाले मान्दैन भनेर भन्नुहुने रास्वपा नेता स्वर्णिम वाग्लेहरूले सहकारी ठगी आरोपमा अदालतले हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएपछि थुनमा रहेका रास्वपा केन्द्रीय सभापति रवि लामिछानेको डमी बनाएर उसको हातमा राखी बाँध्न लगाउँछन् जो जुन पार्टी हिन्दु धर्म मान्दैन, हिन्दु धर्म मान्ने रास्वपामा नआउँदा हुन्छ भन्नेले हिन्दु धर्मको सहारा लिने गरेका छन् ।

जुन दलले हिन्दु धर्म मान्दैन उसले हिन्दु धर्म मानेको नाटक गरेर हिन्दु धर्मको चीरहरण गरिरहेका छन् । क्रिस्चियन नेपालमा पनि छन् । उक्त धर्म मान्नेहरूले दसैँ मान्दैनन्, तिहार मान्दैनन्, हिन्दु धर्म अनुसार मानिने कुनै पनि पर्व मान्दैनन् यसलाई धर्मप्रति अगाध आस्था मान्नुपर्छ ।

अहिले नेपालमा रहेको हिन्दुप्रति आस्था राखिने मठमन्दिरमा विकास समिति सरकारले गठन गर्दै हिन्दुलाई धर्मप्रति वितृष्णा जगाउँदै हिन्दुत्वको चीरहरण गरिरहेका छन् ।

वराहक्षेत्र पवित्र स्थल मानिन्छ । त्यहाँ पूजाआजा गर्नुको साथै श्राद्ध पनि गरिन्छ । खोलाको सङ्गम स्थल कोसीको कोकामा गई श्राद्ध गरेबापत फोहोर गरेबापत रु. ५००/- रुपैयाँ विकास समितिको नाममा उठाइन्छ ।

यो निर्णयहरू तथाकथित जनैधारी आफूलाई वा हुन भन्नेले गरेका हुन् । हिन्दु धर्म माथि दोहन भइरहेको छ । हिन्दु धर्मको आडमा तथाकथित जनैधारीहरूले क्रमशः आक्रमण गरिरहेका छन् । सच्चाइ मण्डल पनि छ । ऊ पनि हिन्दु धर्म माथि अघोषित रूपमा आक्रमण गर्ने जमात हो ।

श्रावणमा एक मुस्लिम समुदायले पशुपतिनाथ मन्दिर अगाडि नवाज पढ्दछन् पशुपति विकास कोष मौन छ ।

कोषमा कथित तागाधारी हिन्दुहरूले राखेका हुन् । यसलाई हेर्दा नेपालमा क्रमशः हिन्दु धर्ममाथि आक्रमण भइरहेको छ ।

यो दलीय व्यवस्थाकै उपज हो । कुनै हिन्दुले आफ्नो धर्मअनुसार कुनै मुस्लिमको मदर्शा र क्रिश्चियनको चर्चमा गएर आफ्नो धर्म गर्न पाउँदैनन् त्यसमा बन्देज छ ।

तसर्थ नेपालमा जति पनि हिन्दु धर्ममाथि आक्रमण भइरहेको छ उक्त आक्रमण गर्ने आफूलाई खुलेर म हिन्दु होइन भनेर अन्य धर्ममा खुलेर जान नसक्ने तथाकथित हिन्दुरूपी तागाधारी हिन्दुबाट हिन्दुत्वको चीरहरण भइरहेको छ । यो दलीय व्यवस्थाकै नवीन उपहार हो ।

तपाईको प्रतिक्रिया