
विराटनगर । “नेपालमा भएको राजनीतिक परिवर्तनले स्वदेशवादलाई समाप्त गर्दै नेपालमा होली वाइन सभ्यताको स्थापना गरिएको छ”, राष्ट्रिय मुक्ति पार्टी नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले सो कुरा बताउनुभएको हो ।
नेपालमा लोकतन्त्र आएको ३५ वर्ष भयो, नेका, एमाले, माओवादीलाई जनताले विश्वास गरेर मत दिए । सोही मतको आधारमा सत्तामा गए तर जनताको विश्वासलाई बेवास्ता गर्दै जनतामाथि विश्वासघात गरेका छन्, महतको भनाइ थियो ।
परिवर्तनकारी शक्ति भन्नेबाट नै सनातन र पूर्वीय सभ्यतामाथि आक्रमण भइरहेको छ । नेपालको पहिचान सभ्यता, संस्कृति मेट्न काम भइरहेको भन्नु हुँदै सनातन र पूर्वीय सभ्यतालाई जोगाउन क्रान्ति आवश्यक छ, महतोको तर्क थियो ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर नेपाललाई सबै जातजातिको साझा फूलबारी बनाउने काम भएको थियो । आन्दोलनपछि सत्तामा पुगेकाले उक्त साझा फूलबारीमा मलजल हाल्नुको बदला भत्काउने काम गरेका छन्, महतोको दाबी छ ।
नेपालमा सङ्घीयता आएपछि पूर्वी सभ्यताको अन्त र होली वाइनको स्थापना भएको छ, यो मुलुकको लागि घातक छ, महतोको दाबी छ ।




