विराटनगर । खुला सिमानाको कारण अवैध रूपमा भारतको जोगबनी लगायत सीमा जोडिएको क्षेत्रबाट सामान ल्याउने कार्यलाई निरुत्साहित गर्ने काम सशस्त्र प्रहरीबाट भइरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण हेक्का सुनसरी एवम् सो मातहतको युनिटको अवैध रूपमा ल्याइएको सामान एवम् सवारी साधनहरू नियन्त्रणमा लिई सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाउने काम भएको छ ।

२०८२ भदौ महिनामा मात्र २७ लाख ९६ हजार ९९० मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय सुनसरीमा बुझाएको थियो ।
यसरी बुझाउनेमा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेक्का सुनसरीले ६ लाख ६ हजार ४ सय १० बिओपी अमडुवाले ७८ हजार प्रस्तावित गुल्म कप्तानगञ्जले २ लाख ४५ हजार, सशस्त्र प्रहरी प्रस्तावित गुल्म हरिपुरले २ लाख २५ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको थियो ।

सशस्त्र प्रहरी बल BOP श्रीपुरले २ लाख ९२ हजार, BOP लौकहीले ७ लाख ४ हजार, BOP हुस्कीले २ लाख २१ हजार, BOP वसन्तपुरले ४५ हजार, BOP हर्वोनीले ५८ हजार सुरक्षावेश भुटाहाले २७ हजार मूल्य बराबरको सामान नियन्त्रण लिई भन्सार कार्यालयमा बुझाएको थियो । यसरी बुझाएको सामानमा कपडा, खाद्यान्न लगायत अन्य वस्तु रहेका छन् ।

तपाईको प्रतिक्रिया