
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेक्का कंकालीनी मोरङ मातहतको युनिटहरूले सीमा सुरक्षातर्फ विशेष ध्यान दिँदै आएका छन् ।
उक्त मातहतको युनिटहरूले सीमा सुरक्षादेखि बाहेक अवैध तरिकाले सामान ओसारपसार गर्नेलाई निरुत्साहित पार्दै आएको छ । उक्त युनिटहरूले असोज महिनामा २४ लाख ४१ हजार मूल्य बराबरको सामान (केही सवारीसाधनसहित) नियन्त्रणमा लिई विराटनगर भन्सार कार्यालयमा बुझाएको छ भने ४ लाख ५१ हजार बराबरको सामानहरू नष्ट गरेको छ ।
असोज महिनामा सशस्त्र प्रहरी प्रस्तावित गुल्म रानीले १३ लाख ८८ हजार, प्रस्तावित सीमा सुरक्षा गुल्म वरडङ्गाले १ लाख ४३ हजार, प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागले १ लाख १८ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको थियो ।
यसरी नै विओपी दरैया विराटनगरले १ लाख ३३ हजार, जहदा भुटाहाले १ लाख ३३ हजार विओपी सिक्टीले १ लाख ३२ हजार, विओपी रङ्गेलीले ५१ हजार, विओपी डोरीयाले ३६ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ ।
यसरी नष्ट गरिएको मध्ये माछा, कुखुरा, फूल र तरकारी आदि रहेका छन् ।
प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले ७५ हजार, विओपी नोचाले १ लाख २४ हजार, विओपी सिक्टीले १ लाख १३ हजार, विओपी रङ्गेलीले ८० हजार मूल्य बराबरको सामान नष्ट गरेको छ । उक्त कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेक्का कंकालीनी मोरङले बताएको छ ।






