
कार्तिक १६ गते विराटनगरमा विशेष काव्य सभा एवम् साहित्य संवाद कार्यक्रम सम्पन्न भयो ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान र इन्द्र मोहन स्मृति गुठीद्वारा आयोजित उक्त कार्यक्रममा काठमाण्डौबाट आमन्त्रित कविहरु विश्व विमोहन श्रेष्ठ, राजेन्द्र शलभ र उषा शेरचनको विशेष प्रस्तुती रहेको थियो ।
आआफ्ना रचनाहरू वाचन गर्दै विराटनगरले यस किसिमको साहित्यिक सभाको माध्यमबाट काठमाण्डौलाई जोड्ने काम गरेको उहाँहरुले बताउनुभयो ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान एवम विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले कवि विश्व विमोहन श्रेष्ठको अध्यक्षतामा रहेको एपेक नेपालजस्ता साहित्यिक संस्थासँगको सहकार्यमा विराट नगर क्षेत्रमा केही महत्वपूर्ण कामहरू गर्न सकिने बताउनुभयो ।
कार्यक्रमका सभापति साहित्यकार प्रा.कविराज न्यौपानेले साहित्य र कला राष्ट्रको सम्पत्ति भएको बताउनुभयो । साहित्यकार डा विमला श्रेष्ठले साहित्यकारहरु राष्ट्रका गहना भएको उल्लेख गर्नुभयो । प्रदेश सांसद मीना श्रेष्ठले साहित्यकारहरूको उत्थानका लागि केही राम्रा कामहरुको थालनी प्रदेश सरकार बाट गरिने कुरा बताउनुभयो ।
कार्यक्रममा कवि मनु मंजील, सीमा आभास लगायत सुनसरी र मोरङ क्षेत्रका सैतीस जना स्रष्टाहरुले कविता वाचर्नुभएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले गर्नुभएको थियो ।







