
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङले भारतको जोगबनीबाट नेपालतर्फ आउने सवारीसाधनमाथि निगरानी राख्न थालेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले जोगबनीबाट नेपाल प्रवेश गरेको कारलाई रोकी चेकजाँच गर्दा उक्त कारमा लुकाई छिपाइ ल्याएको मोटर पार्टस सामान बरामद गरेको छ ।
कार्तिक १५ गते विराटनगर-१५ रानी बसस्टेन नजिक जोगबनीबाट आएको प्रदेश ३-०१-००२ च ८९२६ नम्बरको सुजुकी कारलाई रोकी डिक्की खोल्न लगाई हेर्दा मोटर पार्टसको सामान बरामद गरेको हो ।
यसरी बरामद गरिएको कारमा १ लाख ७९ हजार मूल्य बराबरको मोटर पार्टस सामान, ७ लाख कारको मूल्य राखी ८ लाख ७९ हजार बराबरको सामान र व्यक्तिसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाएको छ ।






