विराटनगर । सुनसरीको सीमा क्षेत्रमा रहेको सीमा स्तम्भहरूको निर्माण मर्मत सम्भार र पुनर्स्थापना सम्बन्धी मापदण्ड २०८० बमोजिमको कार्यलाई नेपालतर्फबाट निरन्तरता दिँदै आएको छ ।

नेपालतर्फबाट निर्माण, सम्भार तथा पुनर्स्थापना गर्नुपर्ने बिजोड नम्बरको सीमा स्तम्भमध्ये सुनसरी जिल्लामा रहेको १३३ वटा सीमा स्तम्भहरूको मर्मत सम्भार कार्यको थालनी गरेको छ ।

सुनसरी जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हरिपुरको जिम्मेवार इलाका अन्तर्गत नेपालतर्फको सुनसरी कोसी गाउँपालिका र भाण्टाबारी पूर्वी टोल र भारततर्फ जिल्ला सुपोल, भीमनगर ग्रामपञ्चायत १२ लालपुरस्थित सहायक सीमा स्तम्भ नं. २०५७७ PS बाट शुभारम्भ भई बुधवार सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख केशवकुमार थेबे, सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्का सुनसरी गणपति निर्मल कुमार थापा, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरे, सुनसरी नापी प्रमुख शत्रुधन प्र. यादवको उपस्थिति रहेको थियो ।

यसै गरी भारत सुपौल जिल्लाको SDM Niraj Kumar, भारतीय सशस्त्र सीमा बल SSB 45 BN Birpur बाट 2IC JK. Sharma, सीमा सुरक्षा गुल्म हरिपुरका श.प्र.ना.उ. गणेशदत्त पाण्डे लगायत ५०/६० जनाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया