विराटनगर । सीमा सुरक्षा र चोरी पैठारी कार्यलाई निरुत्साहित गर्न सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्का सुनसरीले आफूहरूलाई अग्र मोर्चामा उभ्याउने काम गरेको छ ।

खुला सिमानाको उक्त क्षेत्रबाट अबैधरूपमा सामानहरू ल्याइरहेका छन् । सामान ल्याउनेहरूले दश पटक सोच्नुपर्ने अवस्था आएको छ ।

मङ्सिर महिनामा मात्र ४ नं. गण हेक्का र उक्त निकायको मातहतमा रहेको युनिटले ७२ लाख ८ हजार ३१७ मूल्य बराबरको सवारी साधन र सामानहरू नियन्त्रणमा लिई भन्सार कार्यालय सुनसरीमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्का सुनसरीले ४३ लाख ३९ हजार मूल्य बराबरको सामान भन्सार दाखिला गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म कप्तानगञ्ज सुनसरीले ४ लाख ८८ हजार, प्रस्तावित गुल्म हरिपुर सुनसरीले २ लाख ४१ हजार वि.ओ.पी. लौकही सुनसरीले ६ लाख ४० हजार, विओपी अमडुवाले ३ लाख ४९ हजार, विओपी साहेबगञ्जले ३ लाख ४६ हजार मूल्य बराबरको सामान भन्सार बुझाएको छ ।

यसरी नै विओपी वसन्तपुरले २ लाख ३७ हजार, विओपी उल्टीले १ लाख ४३ हजार, घुस्कीले १ लाख ९० हजार मूल्य बराबरको सामान भन्सार बुझाएको छ ।

यसलाई हेर्दा चोरी पैठारी नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आकलन गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया