
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोष्ट दरैया विराटनगरका सशस्त्र प्रहरी निरीक्षक कोइराला सिङ्घम शैलीमा प्रस्तुत हुनुभएको छ ।
आफ्नो कार्यक्षेत्रको जिम्मेवारी समालेकै दिन सवारी साधन सिटी रिक्सासहित तेजपत्ता र अन्य सामान नियन्त्रण लिई विराटनगर भन्सार कार्यालय रानीमा बुझाउनुभएको छ ।
सवारी साधन र उक्त सवारी साधनमा रहेको सामानसहित ३ लाख ५० हजार मूल्य बराबरको रहेको छ ।
यसरी नै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले पौष ७ गतेसम्म ३ लाख ५० हजार मूल्य बराबरको सामान भन्सार कार्यालय रानीमा बुझाउने काम भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीमा नयाँ शप्रनाउ खड्का आउने भएपछि यहाँका व्यापारीहरू उत्साहित बनेका छन् । अब आउने शप्रनाउ पहिलेको भन्दा नरम रहेको भन्दै बिचौलियाहरूले खुसी मनाउन थालेका हुन् ।
कुनै कुनै विचौलियाहरूले अब हाम्रो लागि सहज हुने छ भनेर एक आपसमा कुरा गर्न थालेका छन् ।







