
विराटनगर । विराटनगरमा पछिल्लो समय स्पाक (मसाज) सेन्टरको हब बन्दै गइरहेको छ ।
विराटनगरदेखि दक्षिणतर्फ रानी-विराटनगर सडक खण्ड, विराटनगर रानी हनुमान मन्दिरदेखि आइसीपी जाने बाटो क्षेत्रमा स्पाक सेन्टरहरू खुलिसकेको छ र खुल्ने क्रम बढिरहेको छ ।
यसलाई हेर्दा विराटनगर शिक्षा र स्वास्थ्यको हब मानिन्थ्यो तर अहिले स्पाक सेन्टरको हब बनिरहेको छ ।
उक्त स्पाक सेन्टरमा पुरुषको शरीरमा मालिस गरिन्छ । मालिस गर्दा तेल मानिस, पानी मालिस, क्रिम मालिस लगायत अन्य पदार्थले मालिस गरिन्छ । मालिस गर्दा पुरुषको अधिकांश लुगा खोल्न लगाइन्छ । र महिलाले मालिस गरिदिने गरेको बताइन्छ ।
मालिस गरिदिएबापत १०००/- रुपैयाँ सञ्चालकलाई दिनुपर्छ । निज सञ्चालकले मालिस गरिदिने राखेका कर्मचारीलाई कति तलब दिन्छन् ? केके सुविधा दिन्छन् ? यसतर्फ कसैको ध्यान जान सकेको छैन ।
स्पाक (मसाज) सेन्टरहरू अवैधानिक छैनन्, जसरी क्यासिनो सञ्चालन गर्न अनुमति दिनु अगाडि नेपालीलाई क्यासिनो खेल्न दिइने छैन, क्यासिनोमा प्रवेश गर्न दिइने छैन भनेर विश्वास दिलाइएको हुन्छ । तर हालै क्यासिनोमा नेपालीहरूलाई फेला पारेको छ । अब क्यासिनो सञ्चालकले जुन विश्वास दिलाएका थिए उक्त विश्वास हटेको कुरालाई स्थानीय प्रशासनले गहन रूपमा लिए जस्तै स्पाक सेन्टरमा पनि निगरानी राख्नुपर्ने भएको छ ।
अहिले खुलेका स्पाक सेन्टरका ग्राहकहरू मध्ये बढी भारतीय नागरिक हुने गरेका छन् । उक्त सेन्टरबाट वा उक्त सेन्टरको आडमा गलत कार्य नहोला भन्न सकिँदैन । किनकि काठमाडौँमा स्पाक सेन्टरमा प्रहरीले छापा हान्दा गलत कार्य गर्ने गरेको आशङ्का गरेको छ । स्पाक सेन्टरलाई अनुमति दिँदा कर कार्यालयमा व्यवसाय भनेर करको दायरमा ल्याएको छ । तर कस्तो व्यवसाय खुलाइएको छैन । स्पाक सेन्टरको आडमा अन्य लगत काम त भइरहेको छैन यो वास्तवमा के हो ? यो व्यवसाय सञ्चालन गर्न दिँदा समाजलाई कस्तो असल पर्छ हेर्नु जरुरी छ ।




