
विराटनगर । पृथ्वी जयन्ती तथा ३०४औँ राष्ट्रिय एकता दिवस यस पटक विराटनगरमा उत्साह र उत्सवको रूपमा मनाइएको छ ।
यस पटक पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा पृथ्वीनारायण शाहलाई स्मरण गर्नेको सङ्ख्या अत्यधिक वृद्धि भएपछि विराटनगर पृथ्वीमय भएको अडकलबाजी विराटनगरमा गर्न थालिएको छ । एकीकृत राष्ट्रिय सङ्घर्ष राष्ट्रिय समिति मोरङले विराटनगरको मुटुमा रहेको महेन्द्र चोकमा विशेष कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती मनाइएको थियो ।
पञ्चेबाजासहितको धुनको साथमा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पणपश्चात् गरिएको उक्त कार्यक्रममा समितिका अध्यक्ष वल्लभप्रसाद दाहालले राजा ज्ञानेन्द्रबाट पृथ्वी जयन्तीको अवसरमा दिनुभएको सन्देश वाचन गर्दै सन्देशको अर्थसमेत लगाउनुभएको थियो ।
राजा ज्ञानेन्द्रबाट आफूले दरबार छोड्दाको एक दशकमा देश बन्ला कि भन्ने चिन्ता थियो, अहिले देश नै नरहला कि भन्ने चिन्ता आफूलाई लागेको कुरा सन्देशमा उल्लेख गरिएको दाहालले बताउनुभयो ।
उक्त अवसरमा नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, राप्रपा नेपालका पूर्वाञ्चल अध्यक्ष माधवप्रसाद आचार्य, राप्रपा नेपाल मोरङका अध्यक्ष कुमार ढकाल अभियन्ता उद्धव केसी लगायतले बोल्नुभएको थियो । यसरी नै प्राज्ञिक विद्यार्थी परिषद् नगर समिति विराटनगरले छुट्टै कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भनाएको छ ।
बौद्धिक वर्गलाई पृथ्वीनारायण शाहको फोटो दिँदै साँझमा महेन्द्र चोकमा दीप प्रज्वलन कार्यक्रमसमेत गरिएको थियो ।
नेपाल विद्वत् परिषद् मोरङले विराटनगर संसारीमाईस्थानमा दीप प्रज्वलन, स्थानीय युवाद्वारा विराटनगर खार्जी र विराटनगर-३ पिपल चोकमा दीप प्रज्वलन गर्ने काम भएको थियो ।
पृथ्वीनारायण शाहको तस्बिर, राष्ट्रिय झन्डा र नेपालको नक्सासमेत बनाई दीप प्रज्वलन गर्दै पृथ्वी जयन्ती मनाइएको थियो ।
श्री ५ पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्तिको अवसरमा राजा ज्ञानेन्द्र शाहबाट जारी गर्नुभएको शुभकामना सन्देशको बारेमा प्रस्ट पार्दै एकिकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङका अध्यक्ष बल्लभप्रसाद दाहाल







