विराटनगर । सशस्त्र प्रहरीबल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी सकारात्मक देखिएपछि कारोबारीको लागि मुख्य प्रवेशद्वार र सहायकद्वार सहज भएको छ ।

पहिलो रोडमा सशस्त्र प्रहरी बलको टोली बस्ने भएपछि उक्त टोलीको इन्चार्जले सहयोगीको भूमिका निर्वाह गर्नुभएको छ ।

गुल्मपतिमा नयाँ प्रमुख आएपछि माघ ५ गतेसम्म व्यापारीलाई असहज बनेको थियो र ७ गतेदेखि सहज बन्दै गइरहेको छ ।

यो सहज निर्वाचनको मुखमा आएको र राजनीतिक दबाबलाई थेग्न नसकेर सहज बनाइएको हो नि अरुनै कारण हो यो क्रमशः खुल्दै जाने नै छ ।
अहिले गुल्म रानीबाट सङ्केत प्राप्त कारोबारीले १ नम्बर गेटबाटै सामान ल्याउन थालेका छन् । यसमा राज्यको समेत संलग्नता रहेको आशङ्का गर्न थालिएको छ । व्यापारिक प्रयोजनको सामान उक्त शाखाबाट नकाट्ने मूल भन्सारबाट काट्ने उर्दी भन्सार कार्यालयको छ । तर मूल नाका उक्त क्षेत्र र चाइना मार्केट मटेरुवा पोष्ट, दरैया, हुलासचोक क्षेत्रबाट दैनिक चामल १००० बोराभन्दा बढी, कपडा ५० लाखभन्दा बढी, कोक पेयपदार्थ लगायत अन्य सामान गरी दैनिक १० करोडभन्दा बढी सामान नेपाल भित्रिएको छ ।

जोगबनीबाट नेपाल आउने भन्सार यात्रुशाखाका जिम्मेबार व्यक्तिले फिल्डमा खटिएका सशस्त्र प्रहरीले सामान ल्याएमा हामी राजस्व लिन्छौँ उनीहरूले व्यापारिक सामान ल्याउँदैनन् सर्वसाधारणाको सामान समाएर ल्याउँछन् भनेर गुनासो गरेका छन् ।

निर्वाचनको मुखमा नेपाल गएको हुँदा ल्याइने सामान कढाइका साथ हेर्ने काम भएको छैन । कसको सामान हो भनेर सोध्ने र सामान छोडिदिने काम भएको छ । सामान आउनु ठुलो कुरा होइन बेवास्ता गरेमा राज्यलाई हानि हुने चिज नआउँदा भन्न सकिँदैन ।

भन्सार कार्यालयले जोगबनीबाट ल्याइएको सामानको राजस्व नकाट्ने भनेर उर्दी जारिगरेको छ ।

जोगबनीबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउन पाइँदैन । भन्सार तिर्नुपर्छ भनेर जोगबनीबाट सामान ल्याउनेले १०० भन्दा बढीकै ल्याउँछन् यसतर्फ भन्सार पनि जानकार नै रहेको बताइन्छ ।

जोगबनीबाट र अन्य नाकाबाट सामान ल्याउन दिने तर बिच बाटोमा समाउने चोर सिपाही खेतबाट जनताको विश्वास सुरक्षाकर्मीप्रति घट्दै गएको छ ।

तपाईको प्रतिक्रिया