
विराटनगर । विराटनगर पछिल्लो समय स्वास्थ्यमा लगानी गर्नेको सङ्ख्या वृद्धि भएको छ ।
विराटनगरमै १ दर्जनभन्दा बढी निजी अस्पताल, २ दर्जनभन्दा बढी पोलिक्लिनिक र १ दर्जन बढी विशेषज्ञ पोलिक्लिनिक र दुई दर्जन बढी क्लिनिक सञ्चालनमा आइरहेका छन् ।
यसरी स्वास्थ्य संस्था सञ्चालन आइरहेकै समयमा विराटनगर-७ मा प्राइम अस्पताल पनि सञ्चालनमा आएको छ ।
यस अस्पतालले छाला, प्रसुति, हाडजोर्नी, दन्त, फिजिसियन, सर्जरी लगायतको सेवा दिइरहेको बताइन्छ । प्राइम अस्पताल स्थापना भई सञ्चालन भएको १०० दिन पनि पुगेको छैन तर पौष महिनासम्म यस अस्पतालले विभिन्न सेवाहरू प्रदान गरेको अस्पताल सूत्रले बताएको छ ।
अस्पतालले पौषसम्म ८१२ ओपिडी सेवा, ६९ जना बिरामी भर्ना, नर्मल डेरिभरी १७ जना, मेजर अप्रेसन १९ जनाको गरेको बताइन्छ ।
छोटो समयमा प्राइम अस्पतालले सेवा दिँदा विश्वसनीय सेवा दिएको कुरा अस्पताल सूत्रले बताएको छ । उक्त अवधिमा विवाद नहुनुलाई सकारात्मक मान्नुपर्छ ।






