विराटनगर । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेक्का टङ्कीसिनवारी मोरङ र सो मातहतका युनिटहरूले सीमा सुरक्षातर्फ सक्रिय रहँदै चोरीपैठारी गर्नेलाई निरुत्साहित पार्दै आएको छ ।

उक्त हेक्का अन्तर्गतको युनिट लगायत कार्यालयले माघ महिनामा ४५ लाख ६८ हजार ३४० मूल्य बराबरको सामान भन्सार दाखिला गरेको छ भने १ लाख ९९ हजार मूल्य बराबरको सामान नष्ट गरेको छ ।

यसरी नष्ट गर्नेमा सशस्त्र प्रहरी बल नेपाल गुल्म रानी विराटनगरले ३४ लाखभन्दा बढीको चोरीपैठारी गरिएको सामान नियन्त्रण लिई विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ ।

यसरी नै सशस्त्र प्रहरी बल नेपाल वीओपी दरैया विराटनगरले ४ लाख २३ हजारभन्दा बढीको सामान भन्सार कार्यालयमा बुझाएको बताइन्छ ।

साथै आईसिपि भित्र रही कार्य गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल बिओपी जहदा मुटाहाले भन्सार दाखिला र सामान नष्ट गरी १ लाख ४८ हजार मूल्य बराबरको नियन्त्रणमा लिएको बताइन्छ ।

तपाईको प्रतिक्रिया