
२०८२ फागुन २ गते शनिबार बिहान ५.३० बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. रानी, वि.ओ.पि. दरैया र वि.ओ.पि. मधुमल्लको संयुक्त टोलीले जिल्ला मोरङ जहदा भुटाहा-१ नयाँ टोलबाट परालको टौवामुनि खाल्डोमुनि २७५.८ केजी गाँजा लुकायर राखेको अवस्थामा गुल्म रानीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खड्काको कमाण्डमा खटिएको सुरक्षा फौज द्वारा वरामद गरिएको छ ।
साथै उक्त कार्यमा संलग्न व्यक्ति जहदा भुटाहा १ नयाँ टोल बस्ने वर्ष २८ को चन्दन कुमार शाहलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया भइरहेको छ ।







