विराटनगर । पूर्वाधार विकास कार्यालय विराटनगरले एक निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने गरी प्रक्रिया अगाडि बढाउने भएको छ ।

विराटनगर रानी आकाशे पुल एवम् स्वागत द्वार निर्माण र उक्त क्षेत्रमा सार्वजनिक शौचालय निर्माणको जिम्मा पाएको ह्यावीट्याक आशिष दीप जे.भी. भद्रपुर-४, झापाले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको हुँदा उक्त कम्पनीलाई कालोसूचीमा राख्नुको विकल्प नरहेको कार्यालय सूत्रले बताएको छ ।

पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख षडानन्द इसरका अनुसार निर्माण कम्पनीका प्रो. केशव रिजाललाई बारम्बार फोन गर्दा सम्पर्कमा नआएको र थप गरिएको समयमा पनि काम नसक्ने सम्भावना बढेको हुँदा कार्यालयबाट विकल्प खोज्ने काम भइरहेको छ ।

सार्वजनिक शौचालयको हकमा छत निर्माणको लागि ढलान गर्न गरेको सेन्टिङ पनि निर्माण व्यवसायीले रकम नदिएको हुँदा खोल्ने काम मजदुरबाट भएको छ ।

यसरी कामको जिम्मा लिएर काम नगर्ने कम्पनीलाई कानुनी दायरामा ल्याउनु जरुरी छ ।

तपाईको प्रतिक्रिया