विराटनगर । नेपाल भारतको सिमाना रहेको सीमा स्तम्भहरूको मर्मत गर्ने काम मोरङमा पनि भइरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पी. दरैया मोरङका जिम्मेवारी इलाका अन्तर्गतको सीमा स्तम्भहरूमा रङ्गरोगन, मर्मत गर्ने काम सम्पन्न भएको छ । उक्त वि.ओ.पी. अन्तर्गत रहेको साना सीमा स्तम्भहरू १८०/४ देखि १८०/१० सम्मको ७ वटा सना सीमा स्तम्भको मर्मत र रङ्गरोगन गर्ने काम सम्पन्न भएको छ ।

उक्त काम नेपालतर्फको सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पी. दरैया मोरङका सशस्त्र प्रहरी निरीक्षक शङ्कर कोइराला र भारतीय पक्षको ५६ वटालियन ASI JITUL KONWAR को प्रत्यक्ष निगरानीमा उक्त काम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया