विराटनगर । उपभोक्ताको हितमा उपभोक्तालाई ठगी गर्नेलाई कारबाही गर्ने कानुन बने पनि उक्त कानुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । यसले गर्दा आम उपभोक्ताहरू ठगिने क्रम भने जारी रहेको छ ।

अनियमित तरिकाले नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठग्ने काम यहाँका व्यापारिक संस्थाले गर्दै आएका छन् ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले पूर्वदेखि तराईको विभिन्न स्थानमा छड्के जाँच गर्दा अनियमित तरिकाले नापतौल र नापतौल गर्ने यन्त्र प्रयोग गर्ने १ हजार २ सय ९८ व्यावारिक संस्थालाई कारबाही गरेको छ ।

जनशक्ति कम तर कार्यक्षेत्र फराकिलो ठूलो भएको कारण जनशक्तिलाई प्रयोग गरी उक्त काम गरेको हो ।

नापतौल कार्यालयबाट उक्त कारबाही माघसम्म गरेको हो ।

माघसम्म नापतौल तथा नाप्ने वा तौलने यन्त्र प्रयोग गर्न अस्थायी प्रमाणपत्र ४ सय २७ जनाले लिएका छन् इजाजत पत्र र नवीकरण ६० जनाले गरेको कुरा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भुकुमार झाले बताउनुभयो ।

२०८२/०८३ को माघसम्म नाप तौल तथा नाप्ने वा तौलने यन्त्र जाँच गरेको व्यापारिक सङ्ख्या १ हजा १ सय ४६ रहेको छ । उक्त अवधिमा भेविकल टेक- २१८, पेट्रोलियम पदार्थ वितरण पम्प १७० वटा र पेट्रोलियम पदार्थ वितरण पम्पको नोजल जाँच २१८ वटा पम्पको गरेको बताइन्छ ।

उक्त कार्यालयबाट विभिन्न समयमा डोर गई व्यापारीलाई सेवा दिने काम गरे पनि उक्त डोरमार्फत सेवा लिने ११ पटक भएको छ ।

कार्यालयबाट १०२ वटा फर्मको एकल अनुगमन समेत गरेको छ ।

माघसम्म अस्थायी प्रमाणपत्र लिए वापत शुल्क नवीकरण शुल्क र कारबाही जरिवाना लगायत अन्य शुल्क बापत ७३ लाख ११ हजार ७८७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयमा जनशक्ति थपेर यसको सेवा विस्तार गरेमा उपभोक्ताहरू ठगिनबाट जोगिने थिए ।

तपाईको प्रतिक्रिया