विराटनगर । मालपोत कार्यालय मोरङको नयाँ बन्ने भनिएको भवन बन्ने कुरामा शङ्का उत्पन्न हुन थालेको छ ।

अहिलेको कार्यालयको जग्गा जिल्ला अदालत मोरङको नाममा रहेको र विराटनगर ७ मा रहेको जिल्ला अदालत मोरङको नाममा रहेको जग्गा मालपोत कार्यालयलाई उपलब्ध गराइ सट्टापट्टा गरिएको हो ।

मातपोत कार्यालय मोरङको नाममा आएको जग्गा ५ कठ्ठाको रहेको र भवन बनाउने जिम्मा सङ्घीय सहरी निर्माण तथा भवन कार्यालय मोरङलाई जिम्मा दिएको छ ।

सरकारले भवन बनाउनको डि.पि.आर तयार गरिएको र अण्डर ग्राउण्डबाहेक ४ तल्लाको रहने कुरा सहरी विकास कार्यालय मोरङका प्रमुख सुरेन्द्रकुमार साहले बताउनुभएको छ ।

जग्गाको सुनिश्चितता भइसकेको पहिलो चरणमा ४० लाख बजेट विनियोजन भए पनि उक्त रकमबाट भवन निर्माणतर्फ काम गर्न नसकिने बताउनुभयो ।

डिपिआर तयार गरेपछि भवन निर्माण गर्दा २६ करोड खर्च हुने देखिएको छ । उक्त रकमको सुनिश्चितता सहित बहुपक्षिय योजनामा समावेश गर्नुपर्ने र पहिलो चरणमा ७ करोड रकम विनियोजन गर्नुपर्ने बताउनुभयो ।

मालपोत कार्यालय मोरङलाई जानकारी गराएको र उक्त कुराको सुनिश्चित गर्न र बजेट निकासा गर्न उक्त कार्यालयले आफ्नो मातहतको निकायलाई जानकारी गराउनुपर्ने र आफूले पनि आफ्नो मातहतको कार्यालयलाई जानकारी गराइसकेको साहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया