
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण टंकीसिनवारी मोरङ र सो मातहतका युनिटहरूले सीमा सुरक्षा सीमाबाट हुने अवैध सामान ओसार पसार गर्नेलाई निरुत्साहित पार्दै आएको छ ।
मोरङमा कार्यरत उक्त युनिटले वैशाखमा मात्र ८० लाख भन्दा बढी मूल्य बराबरको सामानहरू नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाएको छ ।
यसरी बुझाएको सामानहरूमध्ये कपडा, किराना सामान, अवैध नोट लगायत रहेका छन् ।
सबैले ध्यान विराटनगरसँग नजिक रहेको क्षेत्रतर्फ केन्द्रित हुने गरेको छ भने उक्त क्षेत्रमा रहेको सशस्त्रको युनिटले पनि आफ्नो जिम्मेवारी पूरा गर्दै आएको छ ।
वैशाखमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा रानी विराटनगरले ३७ लाख ६९ हजार ५०१ मूल्य बराबरको सामान नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाएको छ ।

वैशाख महिनामा २२ लाख ५९ हजार ८८६ मूल्य बराबरको कपडा, खाद्यान्न, पेय पदार्थ लगायतका सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको थियो ।
अबैध नोट १४ लाख १६ हजार ११५ सहित ४ थान व्यक्तिलाई नियन्त्रणमा लिएको, ९३ हजार ५०० मूल्य बराबरको सामान नष्ट गरेको थियो । वैशाख महिनामा लागु औषधसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
यसरी अवैध नोट र लागु औषध प्रकरणमा पक्राउ गरेकालाई नियमनकारी निकायमा बुझाएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल विओपी दरैया विराटनगरले ५ लाख मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय विराटनगरमा बुझाएको छ ।
यसरी बुझाएको सामानमध्ये कपडा, पर्स लगायत अन्य सामान रहेको छ ।
वैशाख महिनामा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. जहदा भुटाहा मोरङले २ लाख २९ हजार ९६५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको र नियमनकारी निकायमा बुझाएको थियो ।



