
विराटनगर । विराटनगर महानगरपालिका स्वास्थ्य शाखाद्वारा सञ्चालित एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त स्वास्थ्य शिविर जनक माध्यमिक विद्यालय मिल्स माध्यमिक विद्यालय, अरुणोदय आवासीय विद्यालय, जनचेतना माध्यमिक विद्यालय, ज्योति आधारभूत विद्यालयमा सञ्चालन गरिएको थियो । यसैगरी आधारभूत स्वास्थ्य केन्द्र विराटनगर वडा नं. ५, १४ र १७, विराटनगर वडा कार्यालय १ र ९, अमर सेवा समिति, पूर्वाञ्चल बाल आश्रम, बाल सुधारगृह र बैधनाथपुर अस्पतालमा समेत शिविर सञ्चालन गरिएको थियो ।
उक्त शिविरमा आई स्वास्थ्य जाँच गराउनेमा महिलाहरूको सङ्ख्या बढी रहेको विराटनगर महानगरपालिका स्वास्थ्य शाखाले बताएको छ ।
उक्त स्वास्थ्य शिविरमा ३४० जना महिलाको पाठेघरको जाँच गरिएको थियो ।
उक्त शिविरमा स्त्रीरोग, दन्त रोग, बालरोग, छालारोग, हाडजोर्नी रोग, फिजिसियनतर्फका विशेषज्ञ चिकित्सकद्वारा बिरामीको जाँच गरिएको थियो ।
जसमा स्त्रीरोगतर्फ ९५२ जना, दन्तरोगतर्फ महिला ७२, पुरुष ८३ जना, बालरोगतर्फ महिला २०६, पुरुष १९४, छलारोगतर्फ महिला ३४४, पुरुष २८८ जनाले शिविरमा आई जाँच गराउनु भएको थियो ।
यसरी नै हाडजोर्नीतर्फ महिला ३४७, पुरुष २४६, फिजिसियनतर्फ महिला १०९१, पुरुष ८०६ जनाले शिविरबाट लाभ लिनुभएको थियो ।
उक्त शिविरमा इसीजी, अल्ट्रासाउण्ड र ल्याबको समेत व्यवस्था गरिएको हुँदा सो शिविरमा इसीजीतर्फ ११९ महिला, ४५२ पुरुषा, अल्ट्रासाउण्डतर्फ ६०४, महिला २०८, पुरुष ल्याबतर्फ, २२३ महिला, ३४० पुरुषले परीक्षण गराई सेवा दिन काम शिविरबाट भएको थियो ।
घरदैलोमा नै गएर स्वास्थ्य शिविर सञ्चालन गरिएको मान्नुपर्छ । शिविरसम्म आई सेवा लिने सेवाग्राहीलाई स्वास्थ्यतर्फ महानगरपालिका स्वास्थ्य शाखाले देखाएको तत्परतालाई सबैले आत्मासात गर्नु जरुरी छ ।
महिलामा देखिने पाठेघरको मुखको क्यान्सरको परीक्षण समेत शिविरबाट भएको छ । मानव भएपछि बिरामी भइन्छ, समयमै रोगको पहिचान गर्नु मानिसको अधिकार हो । यस प्रकारको शिविरबाट मानिसको अधिकारलाई दिलाउने काम महानगरपालिका स्वास्थ्य शाखाबाट भएको छ ।



