विराटनगर । विराटनगरमा सञ्चालित पारस अस्पतालको भौतिक पूर्वाधार हेर्दा अस्पताल गोदाम घरमा सञ्चालन रहेको जस्तो महसुस गर्न थालिएको छ ।

५० वेडको अनुमति लिई सञ्चालनमा आएको अस्पतालमा बाहिरी प्रकाश भित्र प्रवेश पाउँदैन । घामको किरण छिर्दैन । यसलाई अनुमति दिने निकायले कसरी अनुमति दिएको थियो भन्ने विषय नै खोजीको विषय बन्दै गएको छ ।

आर्थिक वर्ष २०८२/२०८३ को वैशाखसम्म अस्पताल आउने बिरामीमध्ये ७ जनाको मृत्यु भइसकेको छ ।

अस्पतालले आंशिक छुट ७९ लाख र पूर्ण छुट ७२ लाख गरी जम्मा १ करोड ५० लाख जति छुट गरेको घोषणा गरे पनि पूर्ण छुट र आर्थिक छुट कति जनालाई दिइएको भनेर तथ्याङ्क सार्वनजिक नगरेको कारण एम्बुलेन्स चालकलाई दिएको रकमलाई छुट देखाएको हुनुपर्ने तर्क अस्पताल निकट सूत्रले बताएको छ ।

OPD तर्फ ४४०० जना बिरामी रहेको र ६५०० जति बिरामी भर्ना भएको दाबी अस्पतालको रहेको छ । जसमा मेजर शल्यक्रिया ४२६, नर्मल शल्यक्रिया ७५२ जनाको गरेको अस्पताल निकट सूत्रले बताएको छ ।

आकस्मिक इमरजेन्सीतर्फ ४ हजार बिरामी आएको बताइन्छ भने उक्त अवधिमा OPD र आकस्मिक गरी ८ हजार ४०० बिरामीलाई अस्पतालले सेवा दिएको बताइन्छ ।

अस्पतालले भर्ना भएका बिरामीलाई आधार मान्दा ६५० जना बिरामीलाई निःशुल्क सेवा दिनुपर्ने देखिन्छ । ज्येष्ठ नागरिक, अपाङ्ग भएका, गरिब विपन्न, अति विपन्न र स्थानीय निकायबाट सिफारिस भई आएका कुन कुन बिरामीलाई छुट गरेको छ सो कुरा सरोकारवाला निकायको लागि खोजीको विषय बन्न जरुरी छ ।

अस्पताल सञ्चालन गर्दा चाहिने भवन पूर्वाधार बिना सञ्चालन भएको छ । यसतर्फ जिम्मेवार निकाय मौन बस्नुलाई शङ्काको रूपमा हेर्नुपर्छ ।

तपाईको प्रतिक्रिया