विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण हेक्वा कंकालिनी मोरङ सीमा सुरक्षातर्फ मात्र केन्द्रित नभई नागरिकको स्वास्थ्यतर्फ पनि ध्यान दिँदै आएको छ ।

उक्त कार्यालयको आयोजनामा विराटनगर-१६ दुर्गा मन्दिरको प्राङ्गणमा १ दिने स्वास्थ्य शिविरको आयोजना गरेर सशस्त्र प्रहरी युनिट मानिसको स्वास्थ्यतर्फ पनि ध्यान दिन्छ भन्ने सन्देश प्रवाह गर्ने काम गरेको छ ।

उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी रोग, आँखा रोग, जेनरल मेडिसिन लगायत सेवा उपलब्ध गराउने काम भएको थियो ।

उक्त शिविरमा सीमावर्ती क्षेत्रका २७२ जना नागरिकले स्वास्थ्य सेवा लिएका थिए । उक्त शिविरमा विराट नरसिङ होमतर्फबाट डा. दीपक यादव, डा. रत्नजङ्ग शाह, डा. सुशील यादव, डा. अभिनाश यादव, डा. अम्बेदकर राय, सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पताल पकली सुनसरीको प्राविधिक डा. श.प्र.नि. कुसुम श्रेष्ठ लगायतले सेवा दिनुभएको थियो ।

उक्त शिविरमा सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण हेक्वा कंकालिनी मोरङका स.प्र.उ. गेहेन्द्रबहादु भण्डारी, सीमा सुरक्षा गुल्म रानी विराटनगरको स.प्र.ना.उ. तिलक ब. खड्का, सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. दरैया मोरङका स.प्र.नि. शङ्कर कोइराला, सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. जहदा भुटाहाका स.प्र.नि. सुमन सुवेदी, स्थानीय समाजसेवी, सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कंकालिनी मोरङको सुरक्षा टोली लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया