विराटनगर । मोरङमा रहेको सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा एवम् अवैध ओसारपसार गर्नेप्रति निगरानी राख्दै आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३ नं हेक्वा कंकालिनी टङ्कीसिनवारी मोरङ एवम् सो मातहतका सशस्त्र प्रहरीको युनिटले चोरी पैठारी गर्नेलाई निरुत्साहित पार्दै आएको छ ।

उक्त कार्यालय एवम् सो मातहतको युनिटले जेठ महिनामा ६९ लाख ६० हजार ६५४ मूल्य बराबरको सामान नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाएको छ ।

उक्त महिनामा ४ लाख ३३ हजार ४०० मूल्य बराबरको माछा र कुखुरालाई नष्ट गरेको छ भने १२.२३ ग्राम ब्राउनसुगर, ४७४ के.जी. ५८ ग्राम गाँजा, लागु औषधमा गनिने ट्यावलेटहरू समेत बरामद गरेको थियो ।

जेठ महिनामा इलेक्ट्रोनिक्स साइकल १, मोटरसाइकल १०, सिटी सफारी १, अटो १ र चारपाङ्ग्रे १ समेत नियन्त्रणमा लिएको थियो । उक्त साधनमा चोरीपैठारी गरी ल्याउँदा उक्त सवारीसाधनको प्रयोग गरिएको थियो । यसबाट चोरीपैठारी गर्ने समूह वा व्यक्तिलाई नवीन पाठ पढ्ने अवसर मिलेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३ नं. हेक्वा कंकालिनी गण टङ्कीसिनवारी मोरङको मातहतमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीले जेठ महिनामा २६ लाख १९ हजार मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई भन्सार कार्यालय रानीमा बुझाएको थियो ।

२ लाख १६ हजार मूल्य बराबरको सामान नष्ट, ८ लाख ६२ हजार ३५० नोट एवम् नोटसहित ४ जना व्यक्ति पक्राउ गरेको थियो । लागु औषध ३ पटक सो समयमा २ जना व्यक्ति पनि पक्राउ परेको थियो । बरामद गरेको रकम र सोसँग रहेको व्यक्ति लागुऔषध बोक्ने व्यक्ति सहित लागुऔषधलाई सामान र मानिस सहित इलाका प्रहरी कार्यालय रानीमा बुझाएको बताइन्छ ।

जेठ महिनामा सशस्त्र प्रहरी बल नेपाल विओपी दरैयाले जेठ महिनामा ३ लाखभन्दा बढीको सामान, सशस्त्र प्रहरी बल नेपाल बिओपी जहदा भुटाहा मोरङले जेठ महिनामा २ लाख १३ हजार मूल्य बराबरको सामान बरामद गरेको थियो ।

सशस्त्र प्रहरीलाई पनि नेपाल प्रहरीलाई जस्तै मुद्दा चलाउने अधिकार दिनुपर्ने आवश्यकता देखिएको छ ।

तपाईको प्रतिक्रिया