
विराटनगर । नियमनकारी निकायलाई गुमराहमा राख्दै झोलामा निजी अस्पतालहरू सञ्चालन भइरहेका छन् ।
प्रा.लि गठन गरी कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेपछि अरू प्रक्रिया पूरा गर्नु पर्दैन भन्ने मान्यता राख्दै प्रा.लि.मार्फत निजी अस्पताल लगायत अन्य कामहरू भइरहेका छन् ।
यही झोलामा निजी अस्पताल हुने गरेको आशङ्का हालै शुभारम्भ गरिएको भनिएको मेट्रो न्यूरो अस्पताल विराटनगरले थप शङ्का उत्पन्न गरेको छ ।
विराटनगर-९ मा मेट्रो न्यूरो अस्पताललाई विवादमा ल्याउने काम विराटनगरको न्यूरो अस्पतालले गरेको थियो ।
पछि मेट्रो न्यूरो ओझेलमा परेको र मेट्रोद्वारा सञ्चालित भनी मकालु एभरेष्ट अस्पताल सञ्चालमा आएको थियो ।
मकालु एभरेष्ट अस्पताल २०७७ साल भदौ ३० तिर विधिवत् रूपमा अनुमति पाएर सञ्चालनमा आइरहेको छ ।
मकालु एभरेष्ट अस्पतालले आर्थिक वर्ष २०८२/०८३ को वैशाखसम्ममा अस्पतालमा आई उपचार गराउने बिरामीले थप पीडा भोगेको कुरा चर्चामा आएको छ ।
यस अस्पतालमा भर्ना भई उपचारको क्रममा शल्यक्रिया गर्दा मेजर र माइनल शल्यक्रिया गरेका बिरामीलाई पुनः शल्यक्रिया गर्ने काम भएको थियो । अस्पतालले पहिले गरेको शल्यक्रियाबाट पुनः समस्या आउने, घाउ पाक्ने वा अन्य समस्या आएपछि पुनः शल्यक्रिया गर्ने काम भएको थियो ।
यसरी पुनः शल्यक्रिया १२ जनालाई गरिएको कुरा अस्पताल निकट सूत्रले बताएको छ । पहिले शल्यक्रिया गरी अस्पतालमै राखेका बिरामीलाई बेवास्ता गरेको, घाउ सफा गर्दा ध्यान नदिएको, शल्यक्रिया गरेको समयमा एउटा गर्नुपर्नेमा अर्को गरेपछि बिरामीलाई थप समस्या हुने गरेको कुरा स्वास्थ्यका जानकार बताउँछन् ।
मकालु एभरेष्ट अस्पताललि केही बिरामीलाई निशुल्क गरेको भनेर बताए पनि कति रकम बराबर निःशुल्क दिएको पूर्ण छुट कतिलाई आंशिक छुट कति, जेष्ठ नागरिक कतिलाई कति छुट सो बनाउने काम नगरी कागजी रूपमा काम गरेको देखाएको छ ।
एउटै बिलिङ, चिकित्सक एउटै, प्रशासन एउटै तर बोड दुई वटा छ, यसलाई हेर्दा कुन झोलामा मेट्रो वा मकालु यो खोजीको विषय बन्दै गएको छ ।






