विराटनगर । विराटनगरमा रहेको आदर्श माध्यमिक विद्यालय २००७ साल अगाडि स्थापना भएको हो ।
यो विद्यालय नमुना विद्यालयको रूपमा रहेको छ । यो विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरू पनि पढिरहेका छन् ।
यहाँ अपाङ्गता भएका, दृष्टिविहीन भएका, अटिजमबाट ग्रसित भएका विद्यार्थीहरू यो विद्यालयमा पठनपाठन गरिरहेका छन् ।
उनीहरूलाई पहिले स्रोत कक्षामा पढाइन्छ, त्यसपछि क्रमशः अन्य विद्यार्थीले पढ्ने कक्षामा राखेर अन्य विद्यार्थीसरह नै पढाउने गरिएको छ ।
अपाङ्गता भएका र विभिन्न प्रकृति भएका १०० भन्दा बढी बालबालिका अध्ययन गरिरहेका छन् ।
उनीहरूलाई पढाउनको लागि जनशक्ति शिक्षकको अभाव रहेको छ ।
यसलाई अझ अगाडि बढाउने हो भने शिक्षक दरबन्दी कायम गरी शिक्षक सङ्ख्यामा वृद्धि गर्नु जरुरी छ ।
आदर्श माध्यमिक विद्यालयका प्र.अ. सन्तोष पोखरेलज्यूसँग गरिएको सङ्क्षिप्त कुराकानी –






