विराटनगर । मोरङ लेटाङ २ बस्ने ४० वर्षीय राजेन्द्र राईले गोल्डेन अस्पताल विराटनगर परिसरमा अस्पतालको झ्यालमा लगाइएको सिसाबाट आफूलाई छातीमा रोपेर आत्महत्या गर्ने प्रयासको घटना अहिले पेचिलो बन्दै गइरहेको छ ।

निजले आमालाई उपचार गर्न अस्पतालमा भर्ना गरेको र आमाको उपचार भइरहेको अवस्थामा निजले श्रावण २ गते किन उक्त कदम चाले यसतर्फ नियमनकारी निकायबाट थप अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

निजलाई सोही अस्पतालमा उपचारार्थ भर्ना गरिएको र उपचारकै क्रममा निजको मृत्यु श्रावण ७ गते भएको कुरा पुष्टि जिल्ला प्रहरी कार्यालय मोरङले गरिसकेको छ ।

निजले आत्महत्याको प्रयास किन गरे ? यसको अनुसन्धान कहाँसम्म पुग्यो ? भनेर जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्तासँ जिज्ञासा राख्दा आत्महत्याको प्रयास गर्ने व्यक्तिसँग हामीले बयान लिने प्रयास गरेको तर निज कोममा भएको कारण हामीले बयान लिन सकेनौँ भन्नुभयो ।

आत्महत्या प्रयास गर्ने व्यक्तिको मृत्यु भएको हुँदा किन आत्महत्या गर्ने प्रयास गरे ? सो विषयमा केही भन्न सकिने अवस्था नभएको प्रवक्ताको भनाइ रहेको छ ।

घटना घटेपछि अस्पतालले हामीलाई खबर गरेको र अस्पतालमा प्रहरी गएको र बयान लिने प्रयास गर्दा पनि बयान लिन सकेनौँ प्रवक्ताको भनाइ रहेको छ ।

अस्पतालमा भर्ना भएका बिरामीलाई रकम ल्याउन चर्को दबाब दिने र कम जम्मा नगरीकन हुँदैन भनेर दबाब दिएकै कारण राईले उक्त कदम चालेको त होइन भनेर गोल्डेन अस्पतालका प्रमुख प्रशासकीय अधिकृत मो. ज्याउल हकसँग जिज्ञासा राख्दा रकमको कारण उक्त घटना नघटेको बताउनुभयो ।

निज राईसँग रकम थियो भने निजले आत्महत्या प्रयास किन गरे त ? भनी थप जिज्ञासा राख्दा रकम कारण होइन अरु नै कारण भएको आशय सहित तर्क दिनुभएको छ ।

उपचारकै क्रममा अस्पतालका मनोचिकित्सकले निज घाइते भई उपचार गराइरहेका राईसँग सोध्दा निजले आफू पहिलेदेखि नै मनारोगी भएको, के भयो के भयो मैले उक्त कदम चालेँ आफूलाई थाहा नभएको कुरा चिकित्सकलाई बताएको बताउनुभयो ।

निज राईले आफू कोमामा जानु अगाडि चिकित्सकसँग बोलेको हो भने प्रहरीलाई अस्पतालले किन बोलाएन यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्दछ ।

यदि निज कोमामा गएकै अवस्था निजको मृत्यु भएको हो भने कोमामा भएको बिरामीले कुन माध्यमबाट चिकित्सकलाई आफ्नो समस्या बताए आफूले उक्त कदम चाल्न पुगेको कुरा, यसतर्फ नियमनकारी निकायले थप अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया