
विराटनगर । राजस्व न्यायाधिकरण विराटनगरले आर्थिक वर्ष २०८२/०८३ मा जिम्मेवारी सरेको मुद्दाहरूलाई पूर्ण रूपमा फर्छ्यौट गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा ८४ वटा विभिन्न प्रकृतिको मुद्दाहरू फर्छ्यौट हुन नसकेर जिम्मेवारी सरेको थियो ।
आर्थिक वर्ष २०८२/०८३ मा ६६ वटा प्रकृतिका मुद्दाको पुनरावेदनको लागि राजस्व न्यायाधिकरण विराटनगरमा व्यापारीहरूको भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयको फैसला विरुद्ध मुद्दा हालेका थिए । जिम्मेवार सरेको र परेको मुद्दालाई जोड्दा १५० वटा मुद्दाको विषयमा कार्यालयले निर्णय गर्नुपर्ने देखिन्छ तर १०४ वटा मुद्दाको सुनवाइ गरी फैसला समेत राजस्व न्यायाधिकरण विराटनगर गरेको छ ।
राजस्व न्यायाधिकरण विराटनगरले फैसला गरेको मुद्दामध्ये सुरु फैसला सदर ५३ वटा, उल्टी फैसला २२ वटा, पुनः निर्णय गर्नुपर्ने २१ वटा र मुलतबी ८ वटा राख्ने फैसला गरेको कुरा राजस्व न्यायाधिकरण विराटनगरले बताएको छ । भन्सारतर्फको ४३ थान मुद्दा रहेकोमा २४ फर्छ्यौट, भ्याटतर्फ ५१ थान मुद्दा रहेकोमा ३८ थान फैसला, आयकरतर्फ ५० थान मुद्दा रहेकोमा ३७ थान मुद्दा फैसला र अन्य ५ थान मुद्दा फैसला भएको छ ।
भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयद्वारा गरिएको निर्णय विरुद्ध भन्सार विभाग, आन्तरिक राजस्व विभागमा गएकोमा उक्त निकायको फैसला विरुद्ध चित्त नबुझेपछि राजस्व न्यायाधिकरण विराटनगरमा पुनरावेदन गरेका थिए ।
पुनः निर्णय गर्नुपर्ने २१ थान मुद्दाहरूले तहगत निकायले फेरि कस्तो फैसला गर्नेछन् सो अनुसन्धानको विषय बन्ने देखिन्छ ।






