
विराटनगर । वर्तमान सरकारले अघि सारेको नियम कानूनलाई भन्सारले टेकेर भारतीय सवारी साधनसँग राम्रो गरिवाना असुल गर्दै आएको छ ।
यसबाट भारतीय सवारी साधन लिएर नेपाल आउने भारतीय सवारी साधन धनीले विराटनगर यात्रु शाखामार्फत नेपाल सरकारलाई एकै पटक ८० हजार जरिवाना तिरेको घटना बाहिर आएको छ ।
भारतको जोगबनी हुँदै नेपाल आउने एक सवारी साधनले नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व बुझाई अनुमति लिएको दिन समय भित्र भारततर्फ उक्त सवारी साधन जानुपर्ने तर रेडर्कमा नदेखिएको हुँदा उक्त सवारी साधन अर्कोपटक आउँदा उक्त जरिवाना तिरेको बताइन्छ ।
२०–२२ दिनपछि उक्त सवारी साधन नेपाल आएको अनलाइनमार्फत फर्म भरेर नेपाल प्रवेश गरे तापनि राजस्व तिर्न आउँदा २०–२२ दिन अगाडि आएपछि फर्कने बेलामा रेकर्डमा नजनाएको हुँदा जरिवाना तिर्नुपर्ने भन्दै जरिवाना तिराउने काम भएको यात्रु शाखाका एक कर्मचारीले बताएका छन् ।
नेपाल सरकारले भारतीय सवारी साधनहरुले नेपाल प्रवेश गर्ने बेलामा राजस्व तिरिसकेपछि सोही बाटोबाट फर्कनुपर्ने, फर्कदा फर्के भनेर गाडी नम्बर टिपाउनुपर्ने नियमलाई सिस्टममा समावेश गरेपछि भारतीय सवारी साधन सञ्चालकहरु नेपाल आउने वा नआउने भनेर दुविधामा परेका छन् ।
भारतीय पर्यटक नेपाल पैदल आउँदैनन्, सवारी साधन लिएर आउँछन् । उदाहरणको लागि जोगबनीबाट नेपाल प्रवेश गरे भने अन्य नाकाबाट पनि गन्तव्यतर्फ जाने गर्दछन् । यसलाई ध्यानमा नराखीकन जसरी पनि राजस्व लिने नीति नेपाल सरकारले लिएको देखिन्छ । नयाँ नियम लागु गरेपछि भारतीय पर्यतक आफ्नो सवारी साधन लिएर नेपाल घुम्न, बस्ने गरी आउन छोडेका छन् ।
श्रावणमा अहिले नेपाल पर्यटक जोगबनी नाकाबाट आउने घटेको छ र हिजोको तुलनामा भन्दा कम राजस्व उठेको कुरा भन्सार सूत्रले बताएको छ ।
भारतको जोगबनीबाट नेपाल आउँदा नयाँ नियम लागु नहुँदा प्रत्येक महिना ८ लाख भन्दा बढी भारतीय सवारी साधनबाट राजस्व असुल हुने गर्दथ्यो तर अहिले घटेको छ भन्सार निकट सूत्रको दावी छ ।
नेपाल घुम्न आउने भारतीय प्रत्येकले प्रयोग गर्ने सवारी साधनबाट जरिवानासहित थप राजस्व लिने नीति सरकारले लिएको छ ।
भारतीय सवारी नेपाल आउने, राजस्व तिर्ने, पर्कदा फर्केको कुराको जानकारी नगराई भारततर्फ भएर फेरि २ महिनापछि नेपाल आएमा उक्त सवारी साधन किन्ने जति जरिवाना तिर्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।





