विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कंकालिनी मोरङको सक्रियताको कारण सीमा क्षेत्रबाट हुने अवैध गतिविधि र कारोबारलाई न्यूनिकरण गर्ने काम भइरहेको छ ।

३ नं. गण र सो मातहतको सशस्त्र प्रहरी बल नेपालको युनिटले श्रावण महिनामा मात्र ७४ साल ७८ हजार मूल्य बराबरको सामानहरू विराटनगर भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि दाखिला गरेको छ ।

उक्त अवधिमा लत्ता कपडा २५ लाख ४९ हजार ४६० मूल्य बराबरको, इलेक्ट्रोनिक्स सामान २ लाख ६९ हजार ९२५ मूल्य बराबरको लगायत किराना सामान, हार्डवेयर सामान, सवारी साधन लगायत रहेको छ ।

लागु औषधतर्फ व्राउन सुगर ८२० मिलिग्राम, गाँजा १०६५ केजी १८४ ग्राम, टामाडोल ट्याबलेट १८०६० लगायत अन्य ट्याबलेट समेत रहेको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी मोरङले बताएको छ । श्रावण महिनामा ८ जना व्यक्ति, स्कुटर २ थान, मोटरसाइकल ६, सिटी सवारी ३, अटो १ रहेको छ ।

यसरी बरामद गरी भन्सार दाखिला गरेको सामानमध्ये ३७ लाख ६ हजारभन्दा बढीको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी विराटनगरले भन्सार दाखिला गरेको छ ।

३७ लाख ६ हजार बढीको सामानमा लत्ता कपडा, किराना सामान लगायत अन्य रहेको छ भने १ लाख ७८ हजार मूल्य बराबरको सामान नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल विओपी दरैयाले श्रावण महिनामा ४ लाख मूल्य बराबर कपडा, किराना सामान लगायत भन्सार दाखिला गरेको छ । श्रावण महिनामामात्र ७४ लाखभन्दा बढीको सामान र अन्य सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नियमनकारी निकायमा बुझाए पनि कारोबारीको मनोबल पूर्णरूपमा घटेको छैन ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी मोरङ र सो मातहतको युनिटले भदौ १ गते २२ लाख ४२ हजार ८०० मूल्य बराबरको मल्टि भिनामिटसहित ३५ लाख २२ हजार मूल्य बारबारको अन्य वस्तु, मदिरा, कपडा, कस्मेटिक सामान, किराना सामान, ७ वटा मोटरसाइकल नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ ।

यति हुँदा पनि कारोबारीको मनोबल कम भएको देखिँदैन ।

तपाईको प्रतिक्रिया